BIZMANDU
www.bizmandu.com

सामसङ इलेक्ट्रोनिक्सले एकैपटक जित्यो ७१ अन्तर्राष्ट्रिय अवार्ड, टिभी, स्मार्टफोन लगायत अब्बल

२०७९ बैशाख २

सामसङ इलेक्ट्रोनिक्सले एकैपटक जित्यो ७१ अन्तर्राष्ट्रिय अवार्ड, टिभी, स्मार्टफोन लगायत अब्बल
सामसङ इलेक्ट्रोनिक्सले एकैपटक जित्यो ७१ अन्तर्राष्ट्रिय अवार्ड, टिभी, स्मार्टफोन लगायत अब्बल



काठमाडौं। सामसङ इलेक्ट्रोनिक्सले एकैपटक तीनवटा स्वर्णपदकसहित ७१ वटा अवार्ड जितेको छ। जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता २०२२ मा सामसङ इलेक्ट्रोनिक्सले टेलिभिजन, स्मार्टफोन र अन्य घरेलु उपकरणलगायतमा यी अवार्डहरु जितेको कम्पनीले जनाएको छ। 

Tata
Global Ime

प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा सामसङले विभिन्न नौवटा विधामा ती अवार्ड जितेको बताइएको छ। 

त्यसमध्ये प्रोर्टेबल स्क्रिन द फ्रिस्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम क्लिनर बेस्पोक स्लिममा सामसङले स्वर्णपदक प्राप्त गरेको कम्पनीले जनाएको छ। प्रतियोगितामा ५५ देशबाट प्राप्त ११ हजार आवेदनमध्येबाट सामसङले ती अवार्डहरु हात पारेको बताइएको छ। 

डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, संचार, व्यवसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको व्यापक मूल्यांकन समावेश रहेको बताइएको छ। 

त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरुलाई नवीन प्रविधिहरुसँग जोड्नु महत्वपूर्ण भएको बताए। 

‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिवद्ध छौं। जसले ग्राहकहरुको विभिन्न मागहरु पूरा गर्दछ,’ किमले भने।