काठमाडौं। गुगलले ‘स्वीच टु एन्ड्रोइड’ एप लन्च गरेको छ। यो एप आइओएस प्रयोगकर्ताहरुलाई लक्षित गरेरे गुगलले ल्याएको हो। आइओएस प्रयोगकर्ता जो एन्ड्रोइडमा सिफ्ट हुन चाहान्छन् उनीहरुका लागि उक्त एप सहयोगी हुने बताइएको छ।
स्वीच टु एन्ड्रोइड एप प्रयोग गरी आइओएस प्रयोगकर्ताहरुले वायरलेस प्रविधिमार्फत् डेटा सार्न सक्ने गुगलले जनाएको छ। गुगलले आइओएसबाट एन्ड्रोइडमा डेटा सार्दा पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको छ। डेटा ट्रान्सफर निकै छिटो हुने भन्दै गुगलले कम समयमै धेरै डेटा सार्न सकिने जनाएको छ।
गुगलले उक्त एप गुगल प्ले स्टोरमा पनि राखिसकेको छ। ३९ एमबीको उक्त एप प्रयोग गरी आइओएस प्रयोगकर्ताहरुले कन्ट्याक्ट्स, क्यालेन्डर, फोटो/भिडियो ट्रान्सफर गर्न सक्छन्।
आइओएस १२.० वा योभन्दा पछिको भर्सनको आइफोनमा प्रयोगकर्ताहरुले एप डाउनलोड गरी एन्ड्रोइडमा डेटा ट्रान्सफर गर्न सक्ने गुगलले जनाएको छ। अहिलेसम्म आइओएसबाट एन्ड्रोइडमा डेटा सार्न मिल्ने सिधा स्वीचको सुविधा थिएन। तर, एप्पलसँग भने एन्ड्रोइडबाट आइओएसमा स्वीच गर्न मिल्ने सुविधा पहिलैदेखि थियो।