BIZMANDU
www.bizmandu.com

ब्ल्याक बर्ड बारलाई एसियाकै उत्कृष्ट बार मध्येको उपाधि, सञ्चालनमा आएको डेढ वर्षमै पुरस्कृत

२०७९ बैशाख ७

ब्ल्याक बर्ड बारलाई एसियाकै उत्कृष्ट बार मध्येको उपाधि, सञ्चालनमा आएको डेढ वर्षमै पुरस्कृत
ब्ल्याक बर्ड बारलाई एसियाकै उत्कृष्ट बार मध्येको उपाधि, सञ्चालनमा आएको डेढ वर्षमै पुरस्कृत


काठमाडौं। ब्ल्याक बर्ड बारले एसियाकै उत्कृष्ट बार मध्येको उपाधि पाएको छ। डेढ वर्षअघि ठमेलमा सञ्चालनमा आएको यो बारले छोटो अवधिमै ख्याति कमाएको हो।

Tata
Global Ime

एसियाभरका उत्कृष्ट ५० बारमध्ये मनोनयन भएसँगै आउँदो २५ तारिखमा हङकङ जाने योजना रहेको सञ्चालक देवांश एसजेबी राणाले बताए। 'हाम्रो सेवाप्रति ग्राहकले देखाउनुभएको मायाका कारण यो उपाधि प्राप्त गर्न सफल भएका छौं। सेवालाई थप उत्कृष्ट बनाउँदै लानेछौं,' उनले भने।

मिक्सोलोजी अवधारणामा सञ्चालित बारको डार्क थिममा विभिन्न प्रजातिका चराका पेन्टिङ राखिएका छन्। बारमा ब्ल्याक बर्ड, वेगटेल, पाराकिट, हमिङ बर्ड, जुरेली, कोकाटु, मैना, अल्पाइन स्विफ्ट इत्यादि ककटेलका साथै विभिन्न वाइन, बियर, ह्विस्की लगायतका पेय पदार्थ राखिएको छ। बारले आफ्नो सिग्नेचर ककटेल ड्रिंक्स नामसँग मिल्दो हुने 'ब्ल्याक' नै राख्दै आएको छ।

बारले ककटेल ड्रिंक्ससँगै गुच्चा सोडा, बियर, व्हिस्की लगायत आफ्नो इच्छा अनुसारका पेय पदार्थ सर्भ गर्दै आएको छ।