BIZMANDU
www.bizmandu.com

सामसङले २ हजार रुपैयाँले घटायो ग्यालेक्सी ए २३ स्मार्टफोनको मूल्य, यस्ता छन् फिचरहरु

२०७९ बैशाख ९

सामसङले २ हजार रुपैयाँले घटायो ग्यालेक्सी ए २३ स्मार्टफोनको मूल्य, यस्ता छन् फिचरहरु
सामसङले २ हजार रुपैयाँले घटायो ग्यालेक्सी ए २३ स्मार्टफोनको मूल्य, यस्ता छन् फिचरहरु



काठमाडौं। सामसङले ग्यालेक्सी ए २३ बजारमा उपलब्ध गराएसँगै मूल्य पनि घटाएको छ। कम्पनीले ग्यालेक्सी ए २३ को मूल्य दुई हजार रुपैयाँले घटाएको जनाएको छ। 

Tata
Global Ime

६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी ए २३ को मूल्य कम्पनीले नयाँ वर्षको अवसरमा ३० हजार रुपैयाँ र ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजको भेरियन्टको २६ हजार रुपैयाँ तोकेको जनाएको छ। 

सामसङ ग्यालेक्सी ए २३ स्न्यापड्रागन ६८० साथ ४ र ६ जिबि र्‍याममा उपलब्ध छ। यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ। जसलाई माइक्रो एसडी कार्डको सहायताले १ टीबीसम्म बढाउन सकिने सामसङले जनाएको छ। 

यो फोनमा एण्ड्रोइड १२ र वान् युआइ ४.१ छ। सामसङ ग्यालेक्सी ए २३ मा ६.६ इन्चको एफएचडी प्लस स्क्रीन  राखिएको छ। जुन वाटरड्रप नचका साथ आउने कम्पनीले जनाएको छ। फोनमा चारवटा क्यामरा छ।  

५० मेगापिक्सेलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सेलको अल्ट्रा वाइड सुटर, एउटा २ मेगापिक्सेलको डेप्थ सेन्सर र एउटा २ मेगापिक्सेलको म्याक्रो क्यामरा छ।

मोबाइलको मुख्य क्यामरामा ओआइएस जडान गरिएको बताइएको छ। ओआइएस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङको संयोजन प्रयोग गर्छ जसको कारण कम प्रकाशमा पनि प्रष्ट फोटोहरु खिच्ने कम्पनीले जनाएको छ। यसले गर्दा फोटो खिच्दा कम्पन भएपनि फोटोमा त्यसको असर अत्यन्त कम पर्ने दाबी कम्पनीको छ। 

फोनमा ५ हजार एमएएचको ब्याट्री छ। २५ वाटको तीव्र गतिले चार्ज हुन सक्ने क्षमता फोनमा छ। १५ वाटको एडप्टरले फोन चार्ज गर्न सकिने बताइएको छ।