BIZMANDU
www.bizmandu.com

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सोल्टी होटलको सहयोग, सीएसआरअन्तर्गत दियो २५ लाख

२०७९ बैशाख १३

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सोल्टी होटलको सहयोग, सीएसआरअन्तर्गत दियो २५ लाख
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सोल्टी होटलको सहयोग, सीएसआरअन्तर्गत दियो २५ लाख


काठमाडौं। सोल्टी होटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ। अस्पतालका संस्थापक डा. भगवान कोइरालालाई सोमबार होटलका अध्यक्ष दीनेशबहादुर विष्टले सहयोग रकम हस्तान्तरण गरेका हुन्।

Tata
Global Ime

अस्पताल हाल बुढानिलकण्ठमा निर्माणाधीन छ। होटलका अध्यक्ष विष्टले आउँदा दिनमा पनि संस्थागत व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग दिँदै जाने प्रतिबद्धता जनाए। 'हाम्रो सहयोग बालबालिकालाई सुपथ मूल्यमा गुणस्तर स्वास्थ्य सेवा दिलाउने अभियानमा सहयोगी हुने विश्वास लिएका छौं,' उनले भने। 

बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज र सुलभ बनाउने मुख्य उद्देश्य यो अस्पतालको रहेको संस्थापक डा. कोइरालाले बताए। भविष्यमा सेटलाइटयुक्त विशिष्टिकृत अस्पताल सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको जानकारी उनले दिए।

उनका अनुसार यस्तै अस्पताल झापाको दमकमा सञ्चालनमा आइसकेको छ। सोल्टी होटलले गरेको आर्थिक सहयोगमार्फत पछिल्ला पुस्ताको स्वास्थ्य परीक्षण र उपचारका लागि महत्वपूर्ण रहेको डा. कोइरालाले बताए।