BIZMANDU
www.bizmandu.com

इलनको तीन ट्वीट : कोकिन मिसाउन कोकाकोला किन्दैछु, ट्वीटरलाई रमाइलो थलो बनाऔं

२०७९ बैशाख १५

इलनको तीन ट्वीट : कोकिन मिसाउन कोकाकोला किन्दैछु, ट्वीटरलाई रमाइलो थलो बनाऔं
इलनको तीन ट्वीट : कोकिन मिसाउन कोकाकोला किन्दैछु, ट्वीटरलाई रमाइलो थलो बनाऔं


हालै सोसल प्लेटफर्म ट्वीटर किनेपछि चर्चामा आएका टेस्लाका सीइओ इलन मस्कले आफुले कोकाकोला कम्पनी किन्न चाहेको बताएका छन्। बिहीबार बिहानै इलनको ट्वीटमा भनिएको छ, 'अब अर्को, कोकिन राख्नका लागि म कोकाकोला किन्दैछु।

Tata
Global Ime

इलोनको उक्त ट्वीट केहीबेरमा लाखौले लाइक गरेका छन् भने हजारौंले रिट्वीट् गरेका छन्। यो ट्वीट राखेको केहीबेरमै इलोनले ट्वीटरलाई अधिकतम रमाइलो थलो बनाउन आह्वानसमेत गरेका छन्।

यतिमात्र हैन मस्कले म्याक डोनाल्ड्स् किन्न चाहेको पुरानो ट्वीटको स्क्रिनसट राखेर अर्को ट्वीट राखेका छन्। 'अब म म्याकडोनाल्ड्स किन्न गइरहेको छु र सबै आइसक्रिम मेसिनहरु ठीक गरिदिन्छु,' लेखिएको स्क्रिनसटको क्याप्सन छ, 'सुन म चमात्कार गर्न सक्दिनँ ल।'

टेस्लाका संस्थापक मस्कले हालै ४४ अर्ब डलरमा ट्वीटर किन्ने सहमति गरेका छन्। यसअघि मस्कको ९ प्रतिशतमात्र शेयर ट्वीटरमा थियो। फोर्ब्स पत्रिकाका अनुसार विश्वकै धनी मस्कसँग २७३ अर्ब डलर बढी सम्पत्ति रहेको छ। टेस्लाको संस्थापकमात्र नभएर उनी अन्तरिक्षासम्बन्धी कम्पनी स्पेसएक्सकै पनि नेतृत्वकर्ता हुन्।