BIZMANDU
www.bizmandu.com

इन्टरनेट सेवामा बेरुजुले देखा परेको समस्या समाधान गर्न जिम्मेवार हुन क्यान महासंघको अपिल

२०७९ बैशाख १८

इन्टरनेट सेवामा बेरुजुले देखा परेको समस्या समाधान गर्न जिम्मेवार हुन क्यान महासंघको अपिल
इन्टरनेट सेवामा बेरुजुले देखा परेको समस्या समाधान गर्न जिम्मेवार हुन क्यान महासंघको अपिल


काठमाडौं। इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले औंल्याएको बेरुजुका कारण इन्टरनेट बन्द हुन सक्ने प्रति क्यान महासंघले चिन्ता व्यक्त गरेको छ। 

Tata
Global Ime

आइतबार विज्ञप्ती जारी गर्दै क्यान महासंघले सम्बन्धित निकायहरुलाई जिम्मेवार हुँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ। 

शुक्रबार मात्रै इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको थियो।

नेपालमा इन्टरनेट सेवा बाहिरबाट ब्यान्डविथ खरिद गरेर सञ्चालन हुने गरेको छ।

नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ  प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ। आइस्पानका अनुसार सञ्चार मन्त्रालयले आइएसपीका भारतीय अपस्ट्रिम प्रदायक सेवा टाटा, एयरटेल, सिफीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिसमा पूर्ण रोक लगाएको छ।

६ महिनादेखि ब्यान्डविथ भुक्तानी गर्न नसकेको भन्दै सेवा नै अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो।  

यो पनि हेर्नुहोस्

बेरुजु देखिएको भन्दै आईएसपीहरुले पाएनन् विदेशी मुद्रा सटही, जुनसुकै बेला इन्टरनेट काटिन सक्ने