BIZMANDU
www.bizmandu.com

ठमेलको एलओडीमा कांग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धी, राति पौने १२ बजे पुगेका थिए

२०७९ बैशाख २०

ठमेलको एलओडीमा कांग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धी, राति पौने १२ बजे पुगेका थिए
ठमेलको एलओडीमा कांग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धी, राति पौने १२ बजे पुगेका थिए


काठमाडौं। भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी सोमबार राति ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा देखिएका छन्। निजी भ्रमणका सिलसिलामा उनी सोमबार दिउँसो पौने ५ बजेतिर काठमाडौं ओर्लिएका थिए।

Tata
Global Ime

भिस्तारा एयरलाइन्सको विमानमार्फत गान्धी काठमाडौं आएका उनी सोमबार पौने १२ बजेतिर उनी ठमेलको एलओडीमा पुगेका थिए। उनी त्यहाँ पुग्दा कुनै पनि सुरक्षाकर्मी देखिएका थिएनन्। उनी आफ्ना साथी भाइसँग क्लबमा बसेको भिडिओमा देखिएको छ।

'हामीलाई कुनै पनि सुरक्षा मिलाउनु भनेर जानकारी आएको थिएन। हेडक्वाटरबाट नै सुरक्षा व्यवस्था मिलाएको हो भने थाहा भएन,' काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक उच्च प्रहरी अधिकृतले भने।

२०७५ भदौमा पनि उनी सुटुक्क नेपाल भ्रमणमा आएका थिए। सोमबार नेपाल उत्रिएका उनी विमानस्थलबाट नागपोखरीमा रहेको होटल मेरियट पुगेका थिए। उनी साथीको विवाहमा सहभागी हुन नेपाल आएको खुलेको छ। उनी ४/५ दिन नेपाल बस्ने छन्। यो अवधिमा देशभित्रका केही पर्यटकीय क्षेत्र घुम्ने योजना रहेको छ।