BIZMANDU
www.bizmandu.com

इलन मस्क आफैं ट्‍वीटरको अन्तरिम सीइओ बन्ने दाउमा, बाछिटा टेस्लाको सेयर मूल्यमा

२०७९ बैशाख २३

इलन मस्क आफैं ट्‍वीटरको अन्तरिम सीइओ बन्ने दाउमा, बाछिटा टेस्लाको सेयर मूल्यमा
इलन मस्क आफैं ट्‍वीटरको अन्तरिम सीइओ बन्ने दाउमा, बाछिटा टेस्लाको सेयर मूल्यमा



काठमाडौं। इलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्‍वीटर किनेसँगै आफैं कम्पनीको अस्थायी सीइओ बन्ने योजनामा पुगेका छन्। 

Tata
Global Ime

टेस्लाका सीइओसँगै मस्क द बोरिङ कम्पनी र स्पेस एक्सका मालिक छन्। बिहीबार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्‍वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्। 

सँगै, ट्‍वीटरको सेयर मूल्य भने चार प्रतिशतले बढेर प्रतिकित्ता ५०.८९ डलर पुगेको छ। मस्कले प्रतिकित्ता ५४.२० डलरमा ट्‍वीटर किनेका थिए। 

ट्‍वीटरका वर्तमान सीइओ पराग अग्रवाल भने ट्वीटर मस्कलाई हस्तान्तरण हुने अन्तिम क्षणसम्मै कायम रहने छन्। बिहीबारयता केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मस्क ट्वीटरको अन्तरिम सीइओ बन्ने योजनामा रहेको समाचार लेखेका छन्। 

मस्कले ट्वीटर खरिदसम्बन्धी सम्झौता भाँडे एक अर्ब अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।