काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले ‘इलेक्सन अफर’ ल्याएको छ। टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ।
९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
यो अफर वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ। कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ।
तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने र २०० मिनेटको भ्वाइस प्याक ९८ रुपैयाँमा उपलब्ध हुने बताइएको छ। तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको एसएमएस प्याक पनि ९८ रुपैयाँमै पाइने टेलिकमले जनाएको छ।
त्यसैगरी, तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक पनि ९८ रुपैयाँमै खरिद गर्न सकिन्छ।