BIZMANDU
www.bizmandu.com

प्रयोगकर्ता घटेको बहानामा नेटफ्लिक्सले हटायो १५० कर्मचारी, हट्नेमा धेरै अमेरिकी स्टाफ

२०७९ जेठ ४

प्रयोगकर्ता घटेको बहानामा नेटफ्लिक्सले हटायो १५० कर्मचारी, हट्नेमा धेरै अमेरिकी स्टाफ
प्रयोगकर्ता घटेको बहानामा नेटफ्लिक्सले हटायो १५० कर्मचारी, हट्नेमा धेरै अमेरिकी स्टाफ


काठमाडौं। ग्राहक संख्या घटेर आम्दानीमा असर गरेपछि नेटफ्लिक्सले एकैचोटी १५० कर्मचारी हटाएको छ। यो नेटफ्लिक्सका कुल कर्मचारीको करिब २ प्रतिशत हो।

Tata
Global Ime

व्यक्तिगत प्रदर्शनका कारण नभइ बिजनेशमा परेको असरका कारण कर्मचारी कटौती गरिएको नेटफ्लिक्सले जनाएको छ। 

नेटफ्लिक्सले हाल हटाएका कर्मचारीहरुमध्ये अधिकांश अमेरिकी छन्। एक दशकको अवधिमा नेटफ्लिक्सका सब्स्क्राइबर पहिलोपटक घटेका थिए। 

‘हाम्रो घट्दो आम्दानीका कारण हामीले कम्पनीको बढ्दो खर्च पनि कम गराउनुपर्छ,’ नेटफ्लिक्सका प्रवक्ताले भने। 

२०२२ को पहिलो त्रैमासमा नेटफ्लिक्सका सब्स्क्राइबर २२ करोड १६ लाख पुगेको थियो। २०२१ को अन्तिम त्रैमासभन्दा यो संख्या कम हो।  

नेटफ्लिक्सले भने रसियामा आफ्नो सेवा बन्द गरेको असर परेको दाबी गरेको छ। युक्रेन माथि युद्ध छेडेको भन्दै नेटफ्लिक्सले रसियामा सेवा रोकेको छ। दुई लाख प्रयोगकर्ता अर्थात् कुल प्रयोगकर्ताको ०.१ प्रतिशतभन्दा कम घटेपछि नेटफ्लिक्स चिन्तित बन्दै आएको छ।