BIZMANDU
www.bizmandu.com

नेपालमा मोबाइल इन्टरनेटको गुणस्तर खस्किँदा फिक्स्ड ब्रोडब्यान्डमा भने गर्‍यो सुधार

२०७९ जेठ ५

नेपालमा मोबाइल इन्टरनेटको गुणस्तर खस्किँदा फिक्स्ड ब्रोडब्यान्डमा भने गर्‍यो सुधार
नेपालमा मोबाइल इन्टरनेटको गुणस्तर खस्किँदा फिक्स्ड ब्रोडब्यान्डमा भने गर्‍यो सुधार


काठमाडौं। नेपालमा टेलिकम अपरेटरहरुले दिँदै आएको मोबाइल इन्टरनेटको गुणस्तर खस्किएको छ। इन्टरनेट स्पीड परीक्षण गर्ने प्रख्यात प्लाटफर्म स्पीड टेस्ट ग्लोबल इन्डेक्सको मासिक प्रतिवदनले यस्तो तथ्य देखाएको छ। 

Tata
Global Ime

स्पीड टेस्ट ग्लोबल इन्डेक्सले विश्वका धेरै देशहरुको इन्टरनेट सेवा गुणस्तरलाई वर्गीकरण गरी सूची तयार पार्दै आएको छ।

इन्डेक्सले अप्रिल २०२२ को मोबाइल इन्टरनेटमा १४२ र फिक्स्ड ब्रोडब्याण्डमा १८१ देशहरुको इन्टरनेट गुणस्तरलाई अध्ययन गरी सूचीकृत गरेको छ। यीमध्ये नेपालको मोबाइल इन्टरनेटको गुणस्तर सात स्थान खस्किँदै ११६औं स्थानमा ओर्लिएको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, फिक्स्ड ब्रोडब्याण्डमा भने नेपालको अवस्था एक स्थान सुधारिएको छ। अप्रिलमा थप एक स्थान सुधार गर्दै नेपाल ८१औं स्थानमा उक्लेको छ। मोबाइलभन्दा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटले सुधार गर्दै गएको बताइएको छ। 

मोबाइल इन्टरनेटको डाउनलोड स्पीड १५.१३ एमबीपीएस र अपलोड १०.६७ एमबीपीएस रहेको स्पीड टेस्टले जनाएको छ। फिक्स्ड ब्रोडब्याण्डको डाउनलोड स्पीड ४२.०८ एमबीपीएस र अपलोड स्पीड ४०.२३ एमबीपीएस छ।

यस्तै, अप्रिलमा मोबाइल इन्टरनेटको ल्याटेन्सी २४ मिलिसेकेन्ड्स र फिक्स्ड ब्रोडब्याण्डको ५ मिलिसेकेन्ड्स पुगेको स्पीड टेस्टले जनाएको छ।