BIZMANDU
www.bizmandu.com

मिथिला डिजिटलको आइएसपी लाइसेन्स खारेज गर्ने चेतावनी, सम्पर्कविहीन हुँदा एनटीएले गर्‍यो ताकेता

२०७९ जेठ १०

मिथिला डिजिटलको आइएसपी लाइसेन्स खारेज गर्ने चेतावनी, सम्पर्कविहीन हुँदा एनटीएले गर्‍यो ताकेता
मिथिला डिजिटलको आइएसपी लाइसेन्स खारेज गर्ने चेतावनी, सम्पर्कविहीन हुँदा एनटीएले गर्‍यो ताकेता



काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक मिथिला डिजिटल नेपाल प्रालिलाई सम्पर्कका आउन ताकेता गरेको छ।

Tata
Global Ime

पहिलोपटक २०७८ भदौ २५ मा अनुमतिपत्र पाएको ९० दिन भित्र सेवा संचालन गरेको नभेटेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको थियो। 

मिथिलाले स्पष्टीकरण मागलाई वास्तै गरेन। प्राधिकरणले २०७८ माघ २ मा मिथिलाले जवाफ नपठाएको भन्दै पुन: पत्राचार गरेको थियो। तर, अहिलेसम्म दोस्रो पत्राचारको पनि जवाफ प्राधिकरणले नपाएपछि सम्पर्कमा आउन ताकेता गरेको जनाएको छ। 

मिथिला डिजिटल सम्पर्कविहीन भएको भन्दै मंगलबार सूचना जारी गर्दै प्राधिकरणले ३५ दिनभित्र यसअघि माग गरिएको स्पष्टीकरणको विषयमा प्रमाणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ। 

उक्त समयसीमा भित्र पनि प्राधिकरणको सम्पर्कमा नआए अनुमतिपत्र खारेजीसम्मको कानूनी कारवाही अघि बढाउने चेतावनी प्राधिकरणले दिएको छ। 

प्राधिकरणले मिथिला डिजिटललाई २०७६ वैशाख १६ गते इन्टरनेट (इमेलसहित) सेवा संचालनका लागि लाइसेन्स जारी गरेको थियो।