काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय सुन जित्ने भन्दै मोबाइलमा आइरहेको एसएमएसप्रति सचेत हुन प्रयोगकर्तालाई आग्रह गरेको छ।
२० रुपैयाँमा १० ग्राम सुन जित्ने बम्पर अफर भन्दै उपभोक्ताहरुलाई आइरहेको एसएमएस प्रति सचेत रहन प्राधिकरणले आग्रह गरेको हो।
उक्त एमएमएसका सम्बन्धमा प्राधिकरणले अनुसन्धान अघि बढाइसकेको पनि जनाएको छ।
प्राधिकरणले एसएमएस ठगी, स्प्याम वा अन्य के नियतसहित पठाइएको हो भन्ने बारे अध्ययन गरिरहेको बताइएको छ।