BIZMANDU
www.bizmandu.com

बजेटले दूरसंचारमा कर घटाएपछि इन्टरनेटको बिल ५०० रुपैयाँ सेवा शुल्कमा १५ रुपैयाँले सस्तिने

२०७९ जेठ १७

बजेटले दूरसंचारमा कर घटाएपछि इन्टरनेटको बिल ५०० रुपैयाँ सेवा शुल्कमा १५ रुपैयाँले सस्तिने
बजेटले दूरसंचारमा कर घटाएपछि इन्टरनेटको बिल ५०० रुपैयाँ सेवा शुल्कमा १५ रुपैयाँले सस्तिने


काठमाडौं। सरकारले बजेटबाट दूरसंचार सेवा शुल्क तीन प्रतिशतले कटौती गरेपछि इन्टरनेटको मूल्य केही घट्ने भएको छ। 

Tata
Global Ime

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अनुसार कर परिवर्तनसँगै लगभग १७ रुपैयाँ कम हुने जनाएको छ। 

आइस्पानका अनुसार इन्टरनेट शुल्क पाँच सय रुपैयाँ हुँदा यसअघि दूरसंचार सेवा शुल्क ६५ रुपैयाँ पर्थ्यो। बजेटबाट कटौती भएसँगै दूरसंचार सेवा शुल्क ५० रुपैयाँमा झर्ने बताइएको छ। 

जसका कारण उक्त बिलमा थप पाँच सय रुपैयाँ मर्मतसम्भार शुल्क जोडिन्छ। अहिलेको अवस्थामा कुल इन्टरनेट बिल भ्याटबाहेक १०६५ रुपैयाँ पर्छ। भ्याट जोड्दा १३८.४५ रुपैयाँ जोडिएर कुल १२०३.४५ रुपैयाँ परिरहेको छ। 

कर छुटपछि इन्टरनेट शुल्क ५ सय रुपैयाँ, दूरसंचार सेवा शुल्क ५० रुपैयाँ र मर्मतसम्भार शुल्क ५०० रुपैयाँ यथावत रहन्छ। भ्याटबाहेक १०५० रुपैयाँ हुन आउँछ। भ्याट जोडेपछि इन्टरनेटको कुल मूल्य ११८६.५ रुपैयाँ हुने बताइएको छ। कर घटाउँदा १६.९५ रुपैयाँ सस्तिने आइस्पानले जनाएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० को वार्षिक बजेट वक्तव्य मार्फत दूरसंचार सेवा शुल्क १३% बाट घटाएर १० प्रतिशत कायम गर्ने घोषणा गरेका थिए।

इन्टरनेट सेवा प्रदायकहरुले लामो समयदेखि इन्टरनेटमा सरकारले धेरै कर लिइरहेको भन्दै घटाउन माग गर्दै आएका थिए। 

स्रोत: आइस्पान