जापानी स्टार्टअप स्पाइबरले माकुराको रेशमसँग मिल्दोजुल्दो सिन्थेटिक फ्याब्रिकबाट हाइ-इण्ड कपडाहरुको उत्पादन गरिरहेको छ।
स्टिलभन्दा पनि पाँच गुणा बलियो हुने स्पाइडर सिल्कको बारेमा प्राचीन ग्रीकहरूले पहिचान गरिसकेका थिए। तर माकुराहरू नरभक्षीहरू भएकाले तिनीहरूलाई पाल्न असम्भव सरी हुने हुँदा हजारौँ वर्षदेखि सिल्क उत्पादनका लागि रेशमकिराहरू प्रयोग हुँदै आएको छन्।
माकुराको सिल्कको सोही गुण बुझेका दुई साथी काजुहिदे सेकियामा र जुनिची सुगाहाराले माकुराको रेशमसँग मिल्दोजुल्दो सिंथेटिक फ्याब्रिक बनाउँदै सन् २००७ मा ‘स्पाइबर’ कम्पनी स्थापना गरे। यस जापानी स्टार्टअपले कपडा उद्योगलाई रूपान्तरण गरिरहेको छ।
माकुराको रेशमको प्रतिकृति बनाउँदै स्पाइबर
स्पाइबर स्थापन गर्नु अघि काजुहिदे र जुनिचीले सन् २००४ मा विद्यार्थीको रूपमा यामागाटा प्रिफेक्चर स्थित केइओ विश्वविद्यालयमा माकुराको रेशमको प्रतिकृति बनाउन परीक्षणहरू गर्न थालेका थिए।
त्यस क्रममा उनीहरुले विभिन्न हजारौं माकुराका प्रजातिहरू साथै अन्य रेशम उत्पादन गर्ने प्रजातिहरूको अध्ययन गर्यो। साथै तिनीहरुको डाटाबेस पनि कम्पाइल गरेको हिगाशी बताउँछन्। तिन वर्षको लगातारको परिक्षण पछि मात्र सन् २००७ मा कम्पनी स्थापना गरे।
प्रयोगशालामा स्पाइडर सिल्कको प्रतिकृति बनाएर सुरु गरेको उक्त बायोटेक कम्पनीले त्यसपछि ऊन, कश्मीरी र डेनिम जस्ता फ्याब्रिकको थप दिगो विकल्पहरू ल्याउन आफ्नो दायरा विस्तार गर्दै आएको छ। हिगाशीका अनुसार स्पाइबरले प्रोटिन सिक्वेन्स परिवर्तन गरेर विभन्न प्रकारका ब्रिउड प्रोटिन फ्याब्रिकहरूको विकास गर्दै आएको छ ।
स्पाइबरका फाइबरहरू पानी, चिनी र पोषक तत्वहरूलाई विशेष रूपमा परिमार्जित सूक्ष्म जीवहरूसंग स्टिल ट्याङ्कीहरूमा मिसाएर फर्मेन्ट गरेर बनाइन्छ। यस प्रक्रियाबाट पोलिमरहरू उत्पादन हुन्छ। पोलिमरलाई नोजल मार्फत घुमाएर फाइबर बनाइन्छ।
कम्पनीले ट्रेडमार्क गरेको ब्रिउड प्रोटिन फाइबर जापानी स्ट्रिटवेयर लेबल, साकाई तथा आउटडोर पोशाक ब्रान्ड, द नर्थ फेस जापान लगायतका ब्रान्डहरूले पनि आफ्ना लिमिटेड एडिशन कलेक्सनमा प्रयोग गरेका छन्।
तर यति लामो व्यावसाहिक यात्रा सहज भने नभएको हिगाशी बताउँछन्। सन् २०१५ मा, स्पाइबरले चन्द्रमा अवतरणको ५०औं वार्षिकोत्सव मनाउन ५० 'मून पार्का' ज्याकेटहरूको सीमित संस्करणको उत्पादन गर्न द नर्थ फेस जापानसँग साझेदारी गरेको थियो।
तर डिजाइन प्रक्रियाको क्रममा, स्पाइबर टोलीले स्पाइडर रेशम भिजेको बेला संकुचित हुने पत्ता लगायो। त्यसैले आउटडोर ज्याकेटको लागि फाइबर उपयुक्त बनाउन प्रोटिनलाई परिमार्जन नै गर्नु परेको हिगाशी बताउँछन्, 'भनेको जस्तो कपडा उत्पादन गर्न चार वर्ष लाग्यो।' पार्काहरू करिब १४ सय डलरमा खुद्रा बिक्री भएको थियो।
हाल आफ्नो उत्पादन स्केल गर्दै र आफ्नो फाइबरहरूको व्यावसायिक लन्चको तयारीमा रहेको स्पाइबरका व्यवसाय विकास प्रमुख केन्जी हिगाशी भन्छन्, 'यसको प्रविधिले हामीले सामना गरिरहेका केही ठूला विश्वव्यापी चुनौतीहरू समाधान गर्न मद्दत गर्नेछ भन्ने कुरामा आशावादी छौँ।'
टेक्सटाइल वेस्टको समाधानमा अग्रसर
फेसन उद्योगबाट हरेक वर्ष लगभग २.१ अर्ब मेट्रिक टन कार्बन डाइअक्साइड उत्पादन हुन्छ जसमा करिब ७०% कार्बन डाइअक्साइड त कपडा उत्पादनबाट आउँछ। यस बाहेक पनि कपडा उत्पादनमा कच्चा पदार्थ र पानीको ठूलो मात्रा प्रयोग गरिन्छ।
यस्ता वातावरणीय प्रभावलाई कम गर्न स्पाइबरले आफ्नो कारखानामा फाइबर उत्पादन गर्न रोबोटिक्स प्रयोग गर्दै आएको छ। स्पाइबरको बायोडिग्रेडेबल कपडाहरूले जीवजन्तुमा आधारित फाइबरको कार्बन उत्सर्जनको एक-पाँच भाग मात्र उत्पादन गर्ने आँकलन गरिएको कम्पनीले गरेको जीवन चक्र विश्लेषणलाई आधार मान्दै हिगाशी बताउँछन्।
हिगाशी अनुसार कम्पनीले हाल उखु र मकैलाई यसको फर्मेन्टेसन प्रक्रियाको लागि प्रयोग गर्दै आएको छ जसले ठूलो मात्रामा जमिन प्रयोग गर्दछ र खाद्य स्रोतहरू विचलित गर्दछ।
यसलाई समाधान गर्न, स्पाइबरले "बायोस्फियर सर्कुलेशन" नामक प्रक्रियाको विकास गरिरहेको छ जसले कपास जस्ता प्राकृतिक सामग्रीबाट बनेका फालिएका तथा प्रयोग नभएका कपडाहरूलाई फर्मेन्टेसनका लागि आवश्यक चिनीमा परिणत गर्नेछ।
हिगाशी भन्छन्, 'लगभग ४ करोड मेट्रिक टन कपडाको फोहोर हरेक वर्ष ल्यान्डफिल वा इन्सिनरेटरहरूमा जान्छ। यी कपडाहरूलाई लुपमा राख्दा थप दिगो विकल्प सिर्जना गर्न सकिन्छ।'
विश्व बजारमा फैलिँदै स्पाइबर
द नर्थ फेस अतिरिक्त पनि स्पाइबरको ब्रिउड प्रोटिन जापानी डिजाइनर युइमा नाकाजाटोले आफ्ना धेरै कलेक्सनका लागि र स्ट्रिटवेयर ब्रान्ड साकाईले प्रयोग गरेको छ। हिगाशीका अनुसार स्पाइबरले अटोमोटिभ उद्योगमा पनि अवसरहरू खोजिरहेको छ।
कम्पनीका अनुसार, स्पाइबरले फाइनान्स फर्म्स कार्लाइल र मित्सुबिशी यूएफजी मोर्गन स्टेनली सेक्युरिटीज लगायतका लगानीकर्ताहरूबाट सरकारी संस्थाहरू र स्टार्टअप विकास कोषहरूबाट अनुदान सहित करिब ७८३ मिलियन डलर उठाई सकेको छ।
यस कोषले कम्पनीलाई यामागाटामा रहेको पायलट प्लान्टभन्दा बाहिर विस्तार गर्न मद्दत मिल्ने हिगाशी बताउँछन्। स्पाइबर यस वर्षको अन्त्यमा थाइल्याण्डमा एउटा सानो प्लान्ट खोल्ने र अर्को वर्ष अमेरिकामा खाद्य प्रशोधन गर्ने बहुराष्ट्रिय आर्चर डेनियल मिडल्याण्ड कम्पनीसँगको साझेदारीमा ठूलो प्लान्ट स्थापना गर्ने योजनामा काम गर्दै छ।
हिगाशीका अनुसार सन् २०२३ को अन्त्यसम्म हजारौं टन ब्रिउड प्रोटिन उत्पादन गर्न सक्षम हुनेछ। साथै स्केलिंगले ब्रिउड प्रोटिनको मूल्य घटाउन मद्दत गर्नेछ र स्पाइबरलाई हाइ इन्ड डिजाइनर बजारभन्दा बाहिर बिस्तार गर्न सकिन्छ। (सीएनएनबाट साभार)