BIZMANDU
www.bizmandu.com

पर्यटन विभागद्वारा रिसोर्टहरुको वर्गीकरण, १ सय १४ मध्ये गोकर्ण र चन्द्रागिरी लक्जरियस

२०७९ जेठ २१

पर्यटन विभागद्वारा रिसोर्टहरुको वर्गीकरण, १ सय १४ मध्ये गोकर्ण र चन्द्रागिरी लक्जरियस
पर्यटन विभागद्वारा रिसोर्टहरुको वर्गीकरण, १ सय १४ मध्ये गोकर्ण र चन्द्रागिरी लक्जरियस


काठमाडौं। पर्यटन विभागले मुलुकभर सञ्चालित रिसोर्टको वर्गीकरण गरेको छ। विभागले हाल सञ्चालित रिसोर्टहरुलाई साधारण, डिलक्स र लक्जरी गरी तीन स्तरमा वर्गीकरण गरेको हो।

Tata
Global Ime

'सरकारले लागू गरेको मापदण्ड अनुसार रिसोर्टलाई वर्गीकरण गरिएको हो। कोठा, शय्या, जनशक्ति र सेवा अनुसार स्तरीकरण गरेका छौ,' पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले भने।

विभागले जारी गरेको विवरण अनुसार कुल १ सय १४ रिसोर्टमध्ये १ सय ९ वटालाई साधारणको श्रेणीमा वर्गीकरण गरिएको छ भने आगन्तुक, वरपीपल र लुम्बिनी ग्रीन रिसोर्ट लगायत तीनवटालाई डिलक्स स्तरमा राखिएको छ। चन्द्रागिरी हिल्स र गोकर्ण फरेस्ट रिसोर्ट लक्जरीको श्रेणीमा परेका छन्।

गोकर्ण फरेष्ट रिसोर्टमा १०० कोठा, १६२ वटा शय्या छ भने २४५ जना जनशक्ति कार्यरत छन्। यसैगरी १०० वटा कोठा रहेको चन्द्रागिरी रिसोर्टमा १६० शय्या छ भने १५० जना जनशक्ति कार्यरत छन्।

धुलिखेलस्थित आगन्तुक रिसोर्टमा ७० वटा कोठा र ९० शय्या छन् भने १२० जना कार्यरत छन्। यसैगरी कास्कीको वरपीपल रिसोर्टमा ४७ वटा कोठा र ७२ शय्या छ भने ३५ जना कामदार कार्यरत छन्। विभागले तयार गरेको विवरण अनुसार चन्द्रौटास्थित लुम्बनी ग्रीन रिसोर्टमा ६२ वटा कोठा र ९९ शय्या छ भने ३५ जना जनशक्ति कार्यरत छन्।