BIZMANDU
www.bizmandu.com

इसेवाबाट मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने

२०७९ जेठ २३

इसेवाबाट मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने
इसेवाबाट मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने


काठमाडौं। इसेवामार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ। 

Tata
Global Ime

इसेवामार्फत जीवनबीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने इसेवाले जनाएको छ। क्यासब्याक ४८ घण्टा भित्र पाइने छ। 

क्यासब्याक बीमा शुल्क भुक्तानी गर्ने मितिबाट सात दिनसम्म प्रिमियम भुक्तानी गर्दा मात्रै पाइने बताइएको छ। यसरी भुक्तानी गर्दा इसेवाले हाल इन्स्योरेन्स्को शुल्क भुक्तानीमा सुरु गरेको लखपति योजनामा पनि सहभागी हुन सकिने जनाएको छ। 

यो योजनामा हरेक दिन एक जनाले एक हजार र बम्पर उपहारमा सहभागी भइ एक लाख रुपैयाँ जित्न सक्ने छन्। मेटलाइफका कुनै पनि शाखा कार्यालयका काउण्टरबाट इसेवा तथा फोन पेको क्यूआरमार्फत पनि प्रिमियम भुक्तानी गर्न सकिने बताइएको छ। हाल इसेवाबाट सबै बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्न सकिन्छ। 

देशभर १ लाख ५० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेको कम्पनीले जनाएको छ। इसेवाको मोबाइल एप डाउनलोड गर्नेको संख्या पनि करिब ६५ लाख पुगिसकेको बताइएको छ। 

यस्तै, १५३ वर्ष पुरानो अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ।