BIZMANDU
www.bizmandu.com

आजबाट वर्ग थप लाइसेन्सको नयाँ फारम भर्न पाइने, बाइकको पाएकाले कारको भर्न पाउने

२०७९ जेठ ३१

Tata
Global Ime

काठमाडौं। विभागले लामो समयदेखि बन्द गरेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) मा वर्ग थपका लागि नयाँ फारम खुलाएको छ।

यातायात व्यवस्था विभागले लाइसेन्सको वर्ग थपको लागि नयाँ फारम खुलाइएको र सोमबार राति ९ बजेदेखि  फारम भर्न मिल्ने सूचना प्रकाशित गरी जानकारी गराएको हो।

२०७८ चैत १ गतेदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको अनलाइन फारम विभागले गत जेठ १६ गते सञ्चालनमा ल्याएको थियो। अनलाइन फारम खुलाइए पनि वर्ग थपको सुविधा भने उपलब्ध थिएन। अब भने उक्त समस्या नरहेको विभागले जनाएको छ।

स्कुटर तथा बाइकको सवारी चालक अनुमतिपत्र पाएकाले कार वा भ्यान लगायतका हलुका सवारीका लागि लाइसेन्स लिन वर्ग थपको नयाँ फारम भर्नुपर्ने हुन्छ। यसैगरी कार तथा भ्यान लाइट सवारीका लाइसेन्स प्राप्त गरेकाले बाइक वा स्कुटरको लिनु परेमा पनि अनिवार्य वर्ग थपको नयाँ फारम भर्नुपर्छ।

साथै कार तथा भ्यान लगायतका हलुका सवारीको लाइसेन्स लिएका चालकहरुले पनि ठूला सवारीको लाइसेन्स प्राप्त गर्न वर्ग थपको आवेदन दिनुपर्ने व्यवस्था छ।