BIZMANDU
www.bizmandu.com

सिक्टा सिंचाइको राप्ती कमाण्डका ठेकेदार सम्पर्कविहीन, १५ दिनमा नआए ठेक्का तोड्ने तयारी

२०७९ असार १

सिक्टा सिंचाइको राप्ती कमाण्डका ठेकेदार सम्पर्कविहीन, १५ दिनमा नआए ठेक्का तोड्ने तयारी
सिक्टा सिंचाइको राप्ती कमाण्डका ठेकेदार सम्पर्कविहीन, १५ दिनमा नआए ठेक्का तोड्ने तयारी


काठमाडौं। सिक्टा सिंचाइ आयोजना अन्तर्गत ठेक्का नम्बर १६ को राप्ती नदीमा कमाण्ड एरिया प्रोटेक्सनको जिम्मा पाएको निर्माण कम्पनी कामै नगरी सम्पर्कविहीन भएपछि ठेक्का तोड्ने तयारी भइरहेको छ।

Tata
Global Ime

सिक्टा सिँचाई आयोजनाका अनुसार सिधनियाघाट पुलबाट २७ सय मिटर तलसम्म राप्ती नदीमा काम गर्ने ठेक्का लिएर देव एन्ड सायर मल्लले पाएको थियो। ठेक्कामा म्याद थप गरे पनि काम नगरी जेभी प्रतिनिधि सम्पर्कविहीन भएका हुन्।

आयोजनाले बुधबार सूचना जारी गर्दै उक्त जेभीलाई १५ दिन भित्र आयोजना कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। आयोजना र उक्त जेभीबीच निर्माण ठेक्काको २०७५ असार १७ मा पहिलो सम्झौता भएको थियो। त्यसपछि समयमा काम नगर्दा पनि आयोजनाले अन्तिम पटक म्याद थप गरेर गत जेठ ३१ सम्मको समयावधि दिएको थियो। तर हालसम्म पनि सम्झौताअनुसारको काम नभएको आयोजनाले जनाएको छ। 

पटक-पटक खोजी गर्दा पनि काम नभएको देखिएपछि आयोजनाले निर्माण व्यवसायीलाई खोजेको थियो। सम्पर्कविहीन रहेकाले आयोजनाले १५ दिनभित्र कार्यालयमा उपस्थिति हुन निर्देशन जारी गरेको सूचनामा छ।

सो समायवधिमा सम्पर्कमा नआए ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने समेत आयोजनाले जनाएको छ।