BIZMANDU
www.bizmandu.com

सूर्या लाइफ इन्स्योरेन्सको लुम्बिनीले गर्‍यो एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणा कार्यक्रम

२०७९ असार ३

सूर्या लाइफ इन्स्योरेन्सको लुम्बिनीले गर्‍यो एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणा कार्यक्रम
सूर्या लाइफ इन्स्योरेन्सको लुम्बिनीले गर्‍यो एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणा कार्यक्रम


काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम’ करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेको छ।

Tata
Global Ime

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको कम्पनीले जनाएको छ। 

प्रदेश प्रमुख किरण गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए।

सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिसी हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका छन्। साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए। बीमितहरुको सेवालाई प्रथमिकतामा राखेर अघि बढेमा कम्पनीको व्यवसाय अवश्य वृद्धि हुने उनले बताए। 

अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्‍याउन सहज भएको कम्पनीले जनाएको छ। समयको सही सदुपयोग, मेहेनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी उनले गराए।