BIZMANDU
www.bizmandu.com

एप्पलका कर्मचारीहरूले पनि स्थापना गरे युनियन, बहुमतको साथ रहेको भन्दै सीईओ कुकलाई पत्राचार

२०७९ असार ५

एप्पलका कर्मचारीहरूले पनि स्थापना गरे युनियन, बहुमतको साथ रहेको भन्दै सीईओ कुकलाई पत्राचार
एप्पलका कर्मचारीहरूले पनि स्थापना गरे युनियन, बहुमतको साथ रहेको भन्दै सीईओ कुकलाई पत्राचार


एप्पल इंक मेरिल्याण्डका कर्मचारीहरूले शनिबार युनियनमा सामेल हुन मतदान गरेका छन्। यो सँगै उनीहरू अमेरिकामा युनियन खडा गर्ने उक्त टेक जाइन्टको पहिलो रिटेल कर्मचारीहरू बनेका छन्।

Tata
Global Ime

युनियनले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार बाल्टिमोर नजिकैको टाउसनमा सयभन्दा बढी कर्मचारीहरूले 'इन्टरनेशनल एसोसिएसन अफ मेसिनिस्ट र एरोस्पेस वर्कर्स'मा सामेल हुनको लागि उत्साहका साथ मतदान गरेका छन्।

कर्मचारीहरूले एप्पलका सीईओ टिम कुकलाई पत्राचार गर्दै स्थानीय कर्मचारीहरूले संगठित कर्मचारीहरूको गठबन्धन गठन गर्दै सहकर्मीहरूको बलियो तथा बहुमतको समर्थन रहेको उल्लेख गरेका छन्।

'यो काम हामीले हाम्रो व्यवस्थापनसँग विरुद्धमा जाने वा द्वन्द्व सिर्जना गर्नका लागि गरेका होइनौं,' उनीहरूले सो पत्रमा लेखेका छन्।

गत वर्ष एप्पलका केही वर्तमान र पूर्व कामदारहरूले ह्यासट्याग एप्पल टु प्रयोग गरेर कम्पनीको अनलाइन काम गर्ने अवस्थाको आलोचना पनि गरेका थिए।

कर्मचारीहरूले गरेको यो कार्यको प्रतिक्रिया दिँदै एप्पलका एक प्रवक्ताले इमेलमार्फत कम्पनीले यो समयमा थप केही छैन भनेर जानकारी दिएका छन्। (रोयटर्सबाट)