BIZMANDU
www.bizmandu.com

प्रभु बैंक र द क्लिफबीच सहकार्य, प्रभुका कर्मचारी र ग्राहकले बन्जी र एड्भेन्चरमा छुट पाउने

२०७९ असार ६

प्रभु बैंक र द क्लिफबीच सहकार्य, प्रभुका कर्मचारी र ग्राहकले बन्जी र एड्भेन्चरमा  छुट पाउने
प्रभु बैंक र द क्लिफबीच सहकार्य, प्रभुका कर्मचारी र ग्राहकले बन्जी र एड्भेन्चरमा छुट पाउने


काठमाडौं। प्रभु बैंक र एडभेन्चर हब द क्लिफबीच व्यावसायिक साझेदारी भएको छ। साझेदारी अनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा १० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन्।

Tata
Global Ime

यस अन्तर्गत बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्डमार्फत भुक्तानी गरी छुट पाउन सकिने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए।

साझेदारी पत्रमा बैंकका मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति शेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वरध्वज कार्कीले हस्ताक्षर गरेका छन् ।

ग्राहकलाई मुलुककै ट्रेन्डिङ एड्भेन्चर हबमा छुटको व्यवस्था लागू गराउन पाउँदा खुसी लागेको बैंक अन्तर्गत गण्डकी प्रदेश प्रमुख राजु रानाले बताए। द क्लिफको रिसोर्ट र एड्भेन्चर परियोजना निर्माणमा प्रभु बैंकले ऋण लगानी गरेको छ।