BIZMANDU
www.bizmandu.com

बागलुङ पुगेको आरजु राणासहितको टोली चियापानका लागि स्काइ क्याफेमा

२०७९ असार ९

बागलुङ पुगेको आरजु राणासहितको टोली चियापानका लागि स्काइ क्याफेमा
बागलुङ पुगेको आरजु राणासहितको टोली चियापानका लागि स्काइ क्याफेमा


काठमाडौं। बागलुङ पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा 'द क्लिफ रिसोर्ट' अन्तर्गत स्काइ क्याफे पुगेकी छन्।

Tata
Global Ime

स्काइ क्याफेमा राणासहित कांग्रेसका स्थानीय नेता अर्जुन जोशी र कार्यकर्ताहरु पनि पुगेको रिसोर्टले जनाएको छ।

कालीगण्डकी नदीको खोँचमा पानीको सतहदेखि माथि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर स्काइ क्याफे बनाइएको छ। उक्त क्याफेमा पर्यटकहरुले चियापान गर्दै १५ मिनेट समय बिताउन सक्छन्। 

जुस वा कफीसहित फुड प्लाटरको सुविधा दिइने क्याफेमा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

पाहुनाले आफ्नो भिडियो पनि उक्त शुल्कभित्रै  लिन सक्ने जनाइएको छ।