BIZMANDU
www.bizmandu.com

मेटा र अन्य टेक जायन्टले एप्पलविना नै गरे स्ट्याण्डर्ड फोरमको स्थापना, कडा प्रतिस्पर्धा

२०७९ असार ९

उदीयमान मेटाभर्सको अवधारणमा काम गर्दै गरेका मेटा, माइक्रोसफ्ट लगायतका अन्य टेक जायन्ट कम्पनीहरू मिलेर मेटाभर्स स्ट्यान्डर्ड फोरम स्थापना गरेका छन्। शिशु अवस्थामा रहेको मेटाभर्सको डिजिटल संसारहरूलाई एकअर्कासँग मिल्दो बनाउने उद्योग मापदण्डहरूको विकासलाई प्रोत्साहन गर्न उक्त समूह स्थापना गरेका हुन्।

Tata
Global Ime

यस समूहमा अन्तरिक्षमा काम गर्ने ठूला कम्पनीहरू, चिप निर्माताहरूदेखि गेमिङ कम्पनीहरू, साथै वर्ल्ड वाइड वेब कन्सोर्टियम जस्ता स्थापित स्ट्याण्डर्ड-सेटिङ निकायहरूको  समावेशीता रहेको समूहले मंगलबार जारी गरेको  विज्ञप्तिमा उल्लेख छ।

यी ठूला टेक जायन्टहरूको सूचीमा मेटाभर्सको प्रभावशाली खेलाडी बन्न सक्ने आशा गरिएको एप्पलको सहभागिता भने रहेको छैन। मिक्स्ड रियालिटी हेडसेट लन्च गर्ने तयारी रहेको एप्पल मात्रै होइन रोव्लक्स, नियानटिक जस्ता गेमिङ कम्पनीहरू तथा स्यान्डबक्स, डिसेन्टरल्याण्ड जस्ता उदीयमान क्रिप्टो-आधारित मेटाभर्स प्लेटफर्महरू पनि फोरममा सहभागीहरूमा थिएनन्।

एप्पलले हेडसेटको बारेमा योजनाहरू भने अझै सार्वजनिक गरेको छैन। यद्यपि, ब्लूमबर्गका अनुसार एप्पलले आफ्नो बोर्डलाई सो प्रोडक्टको एक झलक भने दिएको थियो। गत वर्ष  मेटाले पनि यस वर्ष रिलीज हुने "क्याम्ब्रिया" नामक मिक्स्ड रियालिटी हेडसेट कोडको लागि आफ्ना योजनाहरू सार्वजनिक गरेको थियो।

यो सँगै एप्पल र मेटाभर्सको विकासमा आफ्नो भविष्य दाँतमा राखेको मेटा बीच कडा प्रतिस्पर्धाको वातावरण सृजना भएको छ। 

 मेटाभर्स स्ट्यान्डर्ड फोरमका अध्यक्ष  तथा चिप निर्माता एनभिडियाका कार्यकारी  नील ट्रेभेटका अनुसार क्रिप्टो क्षेत्रका कम्पनी लगायत  कुनै पनि कम्पनीलाई सो फोरममा सामेल हुन स्वागत छ।

फोरमले मेटाभर्समा "वास्तविक-विश्व अन्तरक्रियात्मकता" ल्याउन विभिन्न स्तरका संस्थाहरू र कम्पनीहरू बीचको सञ्चारलाई सहज बनाउने लक्ष्य राखेको  नील बताउँछन्।