BIZMANDU
www.bizmandu.com

नेपाल स्टार्टअप फेस्ट शनिवार सोल्टीमा, ४० बढी स्टार्टअप्सले वस्तु तथा सेवाको प्रदर्शनी गर्ने

२०७९ असार ९

नेपाल स्टार्टअप फेस्ट शनिवार सोल्टीमा, ४० बढी स्टार्टअप्सले वस्तु तथा सेवाको प्रदर्शनी गर्ने
नेपाल स्टार्टअप फेस्ट शनिवार सोल्टीमा, ४० बढी स्टार्टअप्सले वस्तु तथा सेवाको प्रदर्शनी गर्ने


काठमाडौं। नेपाल उद्योग परिसंघले आउँदो शनिवार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ। परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने जनाएको हो।

Tata
Global Ime

असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदुतावासको सहयोग रहेको छ।

स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रश्तावलाई प्रस्तुती गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले जनाएको छ। यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रश्ताव आएको थियो।

जसमध्ये १० वटालाई प्रश्तुती गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ। 

यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन्।