BIZMANDU
www.bizmandu.com

आइएमई नेपाल लोकस्टारको पावर बाइ स्पोन्सरमा जगदम्बा साइन जस्तापाता अनुवन्ध

२०७९ असार १७

आइएमई नेपाल लोकस्टारको पावर बाइ स्पोन्सरमा जगदम्बा साइन जस्तापाता अनुवन्ध
आइएमई नेपाल लोकस्टारको पावर बाइ स्पोन्सरमा जगदम्बा साइन जस्तापाता अनुवन्ध


काठमाडौं। नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रूपमा जगदम्बा सुपर साइन जस्तापाता अनुबन्ध भएको छ।

Tata
Global Ime

जगदम्बा स्टील्सका महाप्रबन्धक मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालका बीच काठमाडौंस्थित र्‍याडिसन होटलमा बिहीबार सम्झौता हस्ताक्षर भएको हो। 

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ, जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन-२ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन्। यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका बिभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनोट गरिने छ।

केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने बताइएको छ।