BIZMANDU
www.bizmandu.com

स्वीकृति बेगर एल ६ गिगाहर्ज ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न एनटीएको चेतावनी

२०७९ असार २०

स्वीकृति बेगर एल ६ गिगाहर्ज ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न एनटीएको चेतावनी
स्वीकृति बेगर एल ६ गिगाहर्ज ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न एनटीएको चेतावनी


काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले स्वीकृति नलिई फ्रिक्वेन्सी प्रयोग नगर्न चेतावनी दिएको छ।

Tata
Global Ime

 सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो स्वीकृति बेगर फ्रिक्वेन्सी प्रयोग गर्न सकिने भ्रम रहेको भन्दै त्यस्तो नगर्न सचेत गराएको छ।

व्यक्ति तथा संस्थाहरुले दूरसंचार सेवामा प्रयोग हुने एल ६ गिगाहर्ज (५.९२५ गिगाहर्जदेखि ६.४२५ गिगाहर्ज) ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्राधिकरणको स्वीकृति बेगर प्रयोग गर्न सकिने बुझाइ रहेको भन्दै त्यसरी प्रयोग नगर्न प्राधिकरणले आग्रह गरेको हो। 

‘अनुमति प्राप्त नगरी अनधिकृत रुपमा दूरसंचार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाइएमा दूरसंचार ऐन, २०५३ बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराइन्छ। प्राधिकरणबाट अनुमति नलई गैरकानूनी रुपमा कोही कसैले फ्रिक्वेन्सी प्रयोग गरेको कसैलाई जानकारी भएमा प्राधिकरणलाई सम्पर्क गर्न अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।