काठमाडौं। सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच समझदारी भएको छ।
समझदारी अनुसार सानिमा बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यु आर स्क्यान वा डेबिट क्रेडिट कार्ड मार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ।
उक्त समझदारीपत्रमा सानिमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय २७ वटा कार्यालय एकसय २० वटा एटिएम संचालनमा छन्।