BIZMANDU
www.bizmandu.com

खरिद भाँडिएपछि इलन मस्कविरुद्ध मुद्दा हाल्दै ट्‍वीटर, कानुनी लडाइमा ४४ अर्ब डलरको डिल

२०७९ असार २६

खरिद भाँडिएपछि इलन मस्कविरुद्ध मुद्दा हाल्दै ट्‍वीटर, कानुनी लडाइमा ४४ अर्ब डलरको डिल
खरिद भाँडिएपछि इलन मस्कविरुद्ध मुद्दा हाल्दै ट्‍वीटर, कानुनी लडाइमा ४४ अर्ब डलरको डिल


काठमाडौं। इलन मस्कले ट्‍वीटर किन्ने निर्णय रद्द गरेपछि कानुनी लडाइ सुरु हुने देखिएको छ। विश्वका धनाढ्य मस्क र सान फ्रान्सिस्कोको १६ वर्षे कम्पनीबीच द्वन्द्वको अवस्था आएको हो।  

Tata
Global Ime

ट्‍वीटरका अनुसार खरिद भाँडिएपछि अबको केही साताभित्रै डेलावेयर अदालतमा सुनुवाई सुरु भएर केही महिनामा टुंगिने छ। 
मस्कले ट्‍वीटर खरिद गर्ने योजना रद्द गरे पनि अझै पनि पुन: छलफल हुन सक्ने बताइएको छ। 

मस्कले गत अप्रिलमा ट्‍वीटर खरिद गर्ने निर्णय गरेपछि कम्पनीको सेयर मूल्यमा उछाल आएको थियो। अप्रिल २५ मा ट्वीटर किन्न औपचारिक सहमति जनाएका मस्कले त्यसको केही समयपछि सम्झौताबाट भाग्न खोजेको लगानीकर्ताहरुको बुझाइपछि सेयर मूल्य घट्न थालेको थियो। 

नियामकले डिलमा कुनै बाधा पारे वा अधिग्रहण फाइनान्सिङ गिरेर खरिद सम्झौता तोडिए मस्कले ट्वीटरलाई एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ। तर, मस्क आफैंले सम्झौता तोडेमा भने कुनै ‘ब्रेक अप फी’ तिर्नु नपर्ने बताइएको छ।