BIZMANDU
www.bizmandu.com

जर्मनीमा ओप्पो र वानप्लसका डिभाइस बिक्रीमा प्रतिबन्ध, नोकियाको पक्षमा पेटेन्ट विवादको फैसला

२०७९ असार २६

जर्मनीमा ओप्पो र वानप्लसका डिभाइस बिक्रीमा प्रतिबन्ध, नोकियाको पक्षमा पेटेन्ट विवादको फैसला
जर्मनीमा ओप्पो र वानप्लसका डिभाइस बिक्रीमा प्रतिबन्ध, नोकियाको पक्षमा पेटेन्ट विवादको फैसला


काठमाडौं। नोकियाले पेटेन्ट विवादविरुद्ध हालेको मुद्दाका कारण जर्मनीमा ओप्पो र वानप्लस माथि प्रतिबन्ध लागेको छ। 

Tata
Global Ime

म्यानहेइम क्षेत्रीय अदालतले फिनल्याण्डको नोकियाको पक्षमा फैसला गर्दै दुईवटा स्मार्टफोन निर्माता माथि प्रतिबन्ध लगाएको हो। 
नोकियाले ओप्पो माथि विभिन्न चार देशहरुमा मुद्दा हाल्दै जितिसकेको छ।

अदालतको पछिल्लो फैसलापछि ओप्पो र वानप्लसले आफ्नो डिभाइसहरु जर्मनीमा बिक्री नै गर्न पाउने छैनन्। ओप्पो र वानप्लस माथि लगाइएको प्रतिबन्ध स्थायी भने होइन।

अहिलेलाई ओप्पो र उसको भगिनी संस्था वानप्लसले जर्मनीमा नोकियाको युरोपियन पेटेन्ट इपी १७ ०४ ७३१ भएका मोबाइल डिभाइस बिक्री गर्न पाउने छैनन्।