BIZMANDU
www.bizmandu.com

स्वचालित प्रणालीले गर्दा फेरि बढ्यो देशभर सार्वजनिक सवारीको भाडा, कुन रुटमा कति भयो वृद्धि?

२०७९ असार २७

स्वचालित प्रणालीले गर्दा फेरि बढ्यो देशभर सार्वजनिक सवारीको भाडा, कुन रुटमा कति भयो वृद्धि?
स्वचालित प्रणालीले गर्दा फेरि बढ्यो देशभर सार्वजनिक सवारीको भाडा, कुन रुटमा कति भयो वृद्धि?


काठमाडौं। सरकारले सार्वजनिक सवारीसाधनको भाडा फेरि बढाएको छ। सोमबादेखि लागु हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा १.७९ प्रतिशतले बढेको हो।

Tata
Global Ime

यस्तै, मालवाहक सवारीमा पहाडी बाटोमा संचालन हुनेको २.३४ प्रतिशत र तराईमा संचालन हुनेका लागि २.६ प्रतिशत भाडा बढेको छ।

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलमा लिटरको २ रुपैयाँ र डिजलमा ९ रुपैयाँले मुल्य बढाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि बढेको हो।

मुल्य बढेसँगै हाल पेट्रोल १८१ रुपैयाँ लिटर र डिजल १७२ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। यो बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भइ संचालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ। स्थानीय रुटमा संचालन हुने रुटका लागि प्रदेश सरकारले भाडादरबारे निर्णय गर्नुपर्छ।

इन्धनको बजार मुल्य ५ प्रतिशत वा सोभन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।

कहाँ जान कति लाग्छ भाडा ?