BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र बारे युवराज खतिवडा: उच्च आर्थिक वृद्धिमा जाने मुलुकले चर्को व्यापार घाटा सहनु पर्छ

२०७९ असार २८

अर्थतन्त्र बारे युवराज खतिवडा: उच्च आर्थिक वृद्धिमा जाने मुलुकले चर्को व्यापार घाटा सहनु पर्छ
अर्थतन्त्र बारे युवराज खतिवडा: उच्च आर्थिक वृद्धिमा जाने मुलुकले चर्को व्यापार घाटा सहनु पर्छ


काठमाडौं। पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको अर्थतन्त्रका सूचक भारतसँग तुलना गरेर हेर्नुपर्ने बताउँदै भारतसँग खुल्ला सीमाका कारण खुल्ला आर्थिक कारोबार भएकाले भारतसँग नेपालका आर्थिक सम्बन्धहरु जटिल बन्दै गएको बताएका छन्।

Tata
Global Ime

डा.खतिवडाले विगतमा भारतसँग भएका आर्थिक सन्धि सम्झौताहरुमा पुनरावलोकन गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन्।

‘हाम्रा हेरक अर्थतन्त्रका शृंखलालाई हेर्दा कृषि उत्पादन, औद्योगीक उत्पादन, सेवा क्षेत्रमा कति आयातित वस्तुहरु छन्। त्यसले बढाउने हो उत्पादन,’ उनले भने, ‘आयात बढेपछि व्यापार घाटा बढ्ने नै भयो। अब हामीले निर्यात हुने वस्तुहरुको मेसिन, कच्चा पदार्थ, प्रविधि आयात गरेर निर्यात गर्ने आधार बनाउन नसक्ने हो भने उच्च आर्थिक वृद्धिमा जाने जुनसुकै सरकारले उच्च व्यापार घाटा व्यर्होनुपर्ने हुन्छ।‘

सेवा, रेमिट्यान्स, उच्च कर्जा प्रवाह, प्रत्यक्ष विदेशी लगानीले वैदेशिक मुद्राको सञ्चितिमा सुधार गर्न सकेन भने भुक्तानी घाटा हुने खतिवडाले बताए।

उनले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या समेत रहेको बताए। ‘भोलि आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिदर राख्न खोज्यो भने यो समस्या कायम रहन्छ। यो संरचनालाई परिवर्तन गर्न केही समय लाग्छ। समाधान नहुने हुँदैन,’ उनले भने।

उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधिलाई आयात गरेर निर्यातको आधार बनाउन नसके सरकारले उच्च व्यापार घाटा व्यर्होर्नुपर्ने खतिवडाले दोहोर्‍याए। राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्ता कुरा बताएका हुन्।