BIZMANDU
www.bizmandu.com

हेटौंडा सिमेन्ट उद्योगको रिक्त अध्यक्ष पदमा आवेदन खुल्यो, कम्तिमा पाँच वर्षको अनुभव चाहिने

२०७९ असार २८

हेटौंडा सिमेन्ट उद्योगको रिक्त अध्यक्ष पदमा आवेदन खुल्यो, कम्तिमा पाँच वर्षको अनुभव चाहिने
हेटौंडा सिमेन्ट उद्योगको रिक्त अध्यक्ष पदमा आवेदन खुल्यो, कम्तिमा पाँच वर्षको अनुभव चाहिने


काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त अध्यक्ष पदका लागि आवदेन खुलेको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट अध्यक्ष  नियुक्ति गर्ने  लिमिटेडले जनाएको छ ।

Tata
Global Ime

उक्त पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७८, बमोजिम योग्यता तथा अनुभव हुनुपर्ने बताइएको छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएकोले मात्र आवेदन दिन पाउनेछन्। 

साथै , नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको व्यक्तिले मात्र आवेदन दिन मिल्ने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्त तथा मन्त्रालय सम्बन्धी  निर्देशिका २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने मन्त्रालयले जनाएको छ।

अध्यक्ष पदका लागि योग्यता भएका व्यक्तिले ७ दिनभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायमा आवदेन दिन सक्ने बताइएको छ।