BIZMANDU
www.bizmandu.com

२० वर्षपछि युरो र अमेरिकी डलरको भाउ बराबर, नेपालमै पनि डलरको भाउ १२७ रुपैयाँ ६५ पैसा नाघ्यो

२०७९ असार २८

२० वर्षपछि युरो र अमेरिकी डलरको भाउ बराबर, नेपालमै पनि डलरको भाउ १२७ रुपैयाँ ६५ पैसा नाघ्यो
२० वर्षपछि युरो र अमेरिकी डलरको भाउ बराबर, नेपालमै पनि डलरको भाउ १२७ रुपैयाँ ६५ पैसा नाघ्यो


काठमाडौं। अमेरिकी डलर र युरोपियन मुद्राको भाउ २० बर्षपछि एउटै लाइनमा आएको छ। अर्थात एक युरो बराबर एक अमेरिकी डलर कायम भएको छ।

Tata
Global Ime

सीएनएनका अनुसार, यो चमत्कार २० वर्षपछि भएको हो। युरो जहिले पनि डलरभन्दा माथि हुने गर्थ्यो।

पछिल्ला चार महिनायता डलरको भाउ निरन्तर बढ्ने र युरो घट्ने हुँदा असार २८ गते एक बराबर एकमा आएको हो।

रुस-युक्रेन युद्ध र कोभिड पछाडिको बैश्विक आर्थिक मन्दीका कारण डलरको भाउ बढ्ने र युरो घट्ने भइरहेको छ।

नेपाली मुद्रा पनि अहिलेसम्मकै सस्तो भएको छ। एक डलरको भाउ १२७ रुपैयाँ ४१ पैसा पुगेको छ। यो भनेको नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरिदिएको रिफ्रेन्स रेट हो। वाणिज्य बैंकहरुमा मंगलबार १२७ रुपैयाँ ६५ पैसासम्म कारोबार भइरहेको छ।