BIZMANDU
www.bizmandu.com

ओएसिस एजुकेसनले मिस नेपाल प्रियंका जोशीलाई बनायो ब्राण्ड एम्बेसडर, शैक्षिक परामर्शमा सघाउने

२०७९ असार २९

काठमाडौं। ओएसिस एजुकेसनले यस वर्षकी मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीलाई आफ्नो ग्लोबल ब्राण्ड एम्बेसडर घोषणा गरेको छ।

Tata
Global Ime

मिस नेपाल प्रियंकालाई ब्राण्ड एम्बेसडर बनाएर आफ्नो कम्पनीसँग आबद्ध गराएको एक कार्यक्रमका बीच कम्पनीले जानकारी दिएको हो।

सन् २०१२ देखि नै विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भिसा प्रोसेसिङ गर्न सहयोग गर्दै आएको ओएसिस एजुकेसनसँग आबद्ध हुन पाउँदा उत्साहित भएको प्रियंकाले बताइन्।

कम्पनीका संचालक कुशल केसीले भने- 'हामी प्रियंकालाई ओएसिस परिवारमा स्वागत गर्न उत्साहित छौं। उनको कौशलता र उदारताको गुण हाम्रो कार्यशैलीसँग मिल्ने हुनाले साझेदारी निकै फलदायी हुने विश्वास लिएको छु।'

यसअघि संस्थाको ब्राण्ड एम्बेसडरका रुपमा मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा रहेकी थिइन्।