काठमाडौं। थाल्स, क्वालकम र एरिक्सनले स्मार्टफोनबाट सेटलाइटको सहायतामा प्रत्यक्ष संचार सम्पर्क स्थापित गर्ने योजना सार्वजनिक गरेका छन्।
‘स्पेसमा आधारित नेटवर्क’ ले विश्वभरनै कनेक्टिभिटी ल्याउने अपेक्षा यी तीन कम्पनीहरुको छ। फाइभजी प्रविधिसहितका सयौं सेटलाइटले जटिल भूभाग तथा ग्रामीण क्षेत्रमा संचार सेवा पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको छ।
अहिले मोबाइल नेटवर्कबाट डेटा पठाउन र पाउन आवश्यक बेस स्टेसन र टावर/एन्टिनालाई विस्थापित गर्ने योजना अघि बढाउने तयारी छ। तर, यो योजना निकै प्राथमिक चरणमा रहेको बताइएको छ।
यी कम्पनीहरुले धेरै अध्ययन र सिमुलेसन्स गरिरहेको र उक्त प्रविधिलाई प्रयोग गर्ने बारे थप नयाँ तथ्यहरु उजागर गर्दै लैजाने बताइएको छ।
थाल्सले आगामी चार वा पाँच वर्षभित्र ६०० देखि ८०० वटा सेटलाइट रोलआउट गर्ने जनाएको छ।
भारतको केन्द्रिय क्याबिनेटले फाइभजी स्पेक्ट्रक अक्सनका लागि मोडालिटी नै स्वीकृत गरिसकेको छ। जुलाई मसान्तसम्म ७२०९७.८५ मेगाहर्जको रेडियो वेभ्स फाइभजी ब्लकमा राखिसक्ने योजना भारतको छ। भारतसँगै अरु देशहरु पनि तीब्र रुपमा फाइभजी रोलआउट गर्ने मोडालिटी, स्पेक्ट्रम अक्सनसहितका अन्य आवश्यक प्राविधिक तयारीमा छन्।