BIZMANDU
www.bizmandu.com

पारवहन तथा गोदाम कम्पनीमा अध्यक्ष प्रतिष्पर्धाबाट चयन हुने, योग्य इच्छुकलाई आवेदन खुला

२०७९ असार २९

पारवहन तथा गोदाम कम्पनीमा अध्यक्ष प्रतिष्पर्धाबाट चयन हुने, योग्य इच्छुकलाई आवेदन खुला
पारवहन तथा गोदाम कम्पनीमा अध्यक्ष प्रतिष्पर्धाबाट चयन हुने, योग्य इच्छुकलाई आवेदन खुला


काठमाडौं। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड कम्पनीको अध्यक्ष खुला प्रतिष्पर्धाबाट नियुक्त गरिने भएको छ। उक्त पदका लागि आवेदन खुलेको छ।

Tata
Global Ime

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ बमोजिमका योग्यता तथा अनुभव भएकाबाट दरखास्त माग गरिएको छ। 

शैक्षिक योग्यता स्नातक, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष कामको अनुभव भएको र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनु पर्नेछ।

निर्देशिकाको दफा ४ बमोजिम अयोग्य नरहेको व्यक्तिले आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ।

दरखास्त दिनका ३५ वर्ष पुरा भइ ६५ वर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्ने जनाइएको छ। इच्छुक व्यक्तिले अध्यक्ष पदका लागि ७ दिनभित्र मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा सिंहदरबारमा आवदेन दिनु पर्ने छ।