BIZMANDU
www.bizmandu.com

नेटफ्लिक्सले माइक्रोसफ्टलाई बनायो प्रविधि र सेल्स पार्टनर, प्रविधि विकासमा सघाउने

२०७९ असार ३१

नेटफ्लिक्सले माइक्रोसफ्टलाई बनायो प्रविधि र सेल्स पार्टनर, प्रविधि विकासमा सघाउने
नेटफ्लिक्सले माइक्रोसफ्टलाई बनायो प्रविधि र सेल्स पार्टनर, प्रविधि विकासमा सघाउने

काठमाडौं। नेटफ्लिक्सले माइक्रोसफ्टलाई आफ्नो ग्लोबल एडभर्टाइजिङ टेक्नोलोजी र सेल्स पार्टनर नियुक्त गरेको छ। 

Tata
Global Ime

गत अप्रिलमा नेटफ्लिक्सले न्यून मूल्यको विज्ञापनसहितको सब्स्क्रिप्सन प्लान ल्याउने घोषणा गरेको थियो। अहिले नेटफ्लिक्सका सब्स्क्राइबरहरुले विज्ञापनविना नै बेसिक, स्ट्यान्डर्ड र प्रिमियम प्लानको प्याकेज उपयोग गरिरहेका छन्। 

माइक्रोसफ्टले अब नेटफ्लिक्सलाई प्रविधि विकासका साथै सेल्समा सघाउनेछ। सँगै प्रयोगकर्ताहरुको गोपनीयता सुरक्षामा पनि माइक्रोसफ्टले नेटफ्लिक्ससँग सहकार्य गर्नेछ। 

नेटफ्लिक्सले विज्ञापनदाताहरुसहित प्रयोगकर्ताहरुलाई लिनियर टीभी ब्राण्डको अनुभवभन्दा थप परिस्कृत र विकसित विकल्पहरु तयार गर्ने जनाएको छ।