BIZMANDU
www.bizmandu.com

पूर्वबैंकर भुवन दहालको किताब ‘रिटायरमेण्ट एट फिप्टी’ साउन १ बाट बजारमा, ३० वर्षे अनुभवमा केके भए?

२०७९ असार ३२

पूर्वबैंकर भुवन दहालको किताब ‘रिटायरमेण्ट एट फिप्टी’ साउन १ बाट बजारमा, ३० वर्षे अनुभवमा केके भए?
पूर्वबैंकर भुवन दहालको किताब ‘रिटायरमेण्ट एट फिप्टी’ साउन १ बाट बजारमा, ३० वर्षे अनुभवमा केके भए?


काठमाडौं। पूर्वबैंकर भुवन दहालले लेखेको 'रिटायरमेण्ट एट फिप्टी' नामको किताब साउन १ बाट बजारमा आउने भएको छ। 

Tata
Global Ime

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका दहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएका थिए।त्‍यसअघि उनले नबिल बैंकको पनि प्रमुख वित्त अधिकृतका रुपमा काम गरेका थिए। नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा समेत उनले एक कार्यकाल बिताए। 
सातवटा अध्यायमा उनले किताबमार्फत ३० वर्षे बैंकिङ अनुभव लगायत विभिन्न विषयहरु समेटेका छन्।

२७ वाणिज्य बैंकहरुको वित्तीय कार्यसम्‍पादन, सानिमा बैंकका सफलताका कथा, सानिमा बैंकको वित्तीय अवस्थाको विभिन्न बैंकहरुसँगको तुलनात्मक अध्ययन, नबिल बैंक नाफामा नम्बर वानमा कसरी भयो तर किन रेमिट्यान्स बिजिनेसमा सफल हुनसकेन, रेमिट्यान्समा चन्द्र ढकाल कसरी सफल भए जस्ता चाखलाग्दा प्रसंगहरु पनि दहालले किताबमा उल्लेख गरेका छन्। 

बैंकिङ कसूर तथा सजाय ऐन संशोधन लगायत बैंकर्स संघसँग जोडिएका विभिन्न प्रसंगहरु, नेपालमा बैंकहरुको मर्जरका विभिन्न आयाम, मर्जरमा ग्लोबल आईएमई कसरी उदाहरणीय बन्यो इत्यादि बैंकिङसँग अन्तरसम्बन्धित खण्ड दहालको किताबमा छन्। 

यसबाहेक देशको अर्थ-सामाजिक, राजनीतिक, कर्मचारीतन्त्र इत्यादि विषय पनि उनको किताबका विशेष विषयवस्तु हुन्। 

उनले व्यक्तिगत जीवनका अन्य थुप्रै प्रसंग 'रिटायरमेण्ट एट फिप्टी' मार्फत् व्यक्त गरेका छन्। जसमा विज्ञान शिक्षकबाट खाएको पिटाइ खाएकोदेखि नबिल बैंकमा आफ्नो बढुवा छिटोछिटो हुनुको रहस्यसमेत रमाइलोसँग किताबमा लेखेका छन्। साथै आफू फेरि सीईओ हुन नचाहेको कारणदेखि युवा पुस्तालाई सफल हुनका लागि पनि उनले विभिन्न सुझावहरु दिएका छन्। 

यस पुस्तकमा उनले बैंकिंग क्षेत्रका हस्तिहरु सत्येन्द्र प्यारा श्रेष्ठ,  राजन सिंह भण्डारी,  शोभनदेव पन्त, सुरेन्द्र भण्डारी, पर्शुराम कुंवर, श्रवण मास्के, अनिल ज्ञवाली, अनिल केशरी शाह, अनिल उपाध्याय, सुनिल के।सि।, ज्ञानेन्द्र ढुंगाना, सचिन जोशी, अशोक राना, राधेश पन्त, बर्षा श्रेष्ठ, सुन्दर कंडेल, तुलसिराम गौतम, कुमार लम्साल, अनुपमा खुञ्जेली, मनोज गोयल, डीसी खन्ना, सुरज मेहता, रबिना देशराज श्रेष्ठ, स्व. सुप्रिय गुप्ता, स्व. शम्भु प्रसाद पौडेल लगायतसँग जोडिएका विविध प्रसंगहरु पनि उल्लेख गरेका छन्।

त्यसैगरी मह जोडी, डा. युवराज खतिवडा, विष्णु पौडेल, जनार्दन शर्मा, बिनोद चौधरी, डा. पुष्प कंडेल, डा. चिरञ्जीवी नेपाल, महाप्रसाद अधिकारी, बम बहादुर मिश्र, शेखर गोल्छा, रेवत बहादुर कार्की, जिवनाथ लामिछाने, सन्दिप लामिछाने आदिसंग जोडिएका रमाईला प्रसंगहरु पनि किताबमा राखेका छन्।

दहालले पुस्तक लेखनबाट प्राप्त हुने सम्पूर्ण पारीश्रमिक सामाजिक संस्थाहरुलाई प्रदान गर्ने निर्णय गरेका छन्। 

उनी अहिले तीन पुस्तालाई जोड्ने उद्देश्यले संचालित संस्था 'युनिभर्सिटी अफ थ्री जेनेरेशन' संग पनि आवद्ध छन्।