BIZMANDU
www.bizmandu.com

आयातमा थप कडा सरकार: ३०० डलरमाथिको मोबाइल ल्याउन नपाइने, बाइक पनि १५० सीसीसम्म

२०७९ साउन १

काठमाडौं। सरकारले गत वैशाख १३ गते लगाएको १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिए पनि केही वस्तुमा तल-माथि गरेको छ।

Tata
Global Ime

कुरकुरे, लेज, टीभीदेखि गाडीसम्मको आयात प्रतिबन्धलाई निरन्तरता दिएको सरकारले मोबाइल र मोटरसाइकल आयातमा थप कडाइ गरेको छ।

यसअघि ६०० डलरसम्मको मोबाइल आयात गर्न पाइन्थ्यो। त्यसमाथिको मात्र प्रतिबन्ध थियो। अब भने ३०० डलरभन्दा माथिको मोबाइल आयात गर्न पाइँदैन।

यसैगरी मोटरसाइकलको हकमा पनि सीसी घटाइएको छ। २५० सीसीसम्मको बाइक आयात गर्न पाइन्थ्यो। अब १५० सीसीभन्दा माथिको बाइक आयात गर्न पाइँदैन।

पहिले

अहिले

कुरकुरे, लेज र यस्तै उत्पादनहरु

कुरकुरे, लेज र यस्तै उत्पादनहरु

सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)

सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)

चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)

हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)

मोबाइल सेट (६०० डलरभन्दा माथिको)

मोबाइल सेट (३०० डलरभन्दा माथिको)

रंगीन टीभी (३२ इन्चभन्दा माथिको)

रंगीन टीभी (३२ इन्चभन्दा माथिको)

जीप, कार र भ्यान (एम्बुलेन्स र शववाहन बाहेक)

जीप, कार र भ्यान (एम्बुलेन्स र शववाहन  बाहेक)

मोटरसाइकल (२५० सीसीभन्दा माथिको)

मोटरसाइकल (१५० सीसीभन्दा माथिको)

सबै प्रकारका खेलौना

सबै प्रकारका खेलौना

खेल्ने तास

खेल्ने तास