BIZMANDU
www.bizmandu.com

थप दुई दर्जन स्मार्टफोन आयातमा लाग्यो प्रतिबन्ध, ‘कसैको स्वार्थमा सरकारको निर्णय’


थप दुई दर्जन स्मार्टफोन आयातमा लाग्यो प्रतिबन्ध, ‘कसैको स्वार्थमा सरकारको निर्णय’
थप दुई दर्जन स्मार्टफोन आयातमा लाग्यो प्रतिबन्ध, ‘कसैको स्वार्थमा सरकारको निर्णय’



काठमाडौं। सरकारले ३०० अमेरिकी डलरमाथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएसँगै थप दुई दर्जन मोडल भित्रिन रोकिएको छ। 
आइतबारको विदेशी विनियम दरअनुसार ३०० अमेरिकी डलरको नेपाली मूल्य ३८ हजार २ सय ५३ रुपैयाँ छ।

Tata
Global Ime

जसका कारण ३८ हजार २ सय ५३ रुपैयाँ माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लागेको छ। यसअघि ६०० डलरसम्मको मोबाइल आयात गर्न पाइन्थ्यो। त्यसमाथिको मात्र प्रतिबन्ध थियो। साउन १ देखि भने ३०० डलरभन्दा माथिको मोबाइल आयातमाथि बन्देज लागेको छ। 

साउन १ गतेबाट लागू भएको नयाँ कडाइको सबैभन्दा ठूलो धक्का सामसङसहित वानप्लस, हुवावे, ओप्पो, भिभोलगायतका स्मार्टफोनमा पर्ने देखिन्छ। सरकारको कडाइका कारण मिड रेन्जको स्मार्टफोनहरुको आयातमा धक्का लाग्ने देखिन्छ। 

सरकारले यसअघि २०७९ असार मसान्तसम्मलाई भनेर प्रिमियम स्मार्टफोनहरुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। जसको सबै ठूलो मार एप्पललाई पर्दै आएको छ। अब ३०० डलरमाथिको स्मार्टफोन आयातमा प्रतिबन्धसँगै अरु कम्पनीहरु पनि सबैभन्दा बढी मर्कामा पर्ने देखिएको छ। 

सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट भित्र्याउन प्रतिबन्ध लगाएसँगै जेठमा त्यसको प्रष्ट प्रभाव देखिएको थियो। वैशाखमा आयात ह्वात्तै घटेको मोबाइल फोनको आयात जेठमा पनि त्यही लयमा थप ओरालो लागेको थियो।

जेठमा १ अर्ब १२ करोड रुपैयाँ बराबरको २ लाख २१ हजार ४ सय ६३ थान सेट मात्रै भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। 
चैतमा एलसी बन्द हुने भेउ पाएपछि व्यापारीहरुले स्टक भरथेग गर्न चार अर्ब रुपैयाँबराबरको ७ लाख ४० हजार ८ सय ७० थान मोबाइल सेट आयात गरेका थिए। त्यसपछि वैशाखमा यो आयात १ अर्ब ९६ करोड रुपैयाँबराबरको ३ लाख ६४ हजार २ सय ५६ सेटमा झरेको थियो। 

उक्त आँकडा चैतको तुलनामा ३ लाख ७६ हजार ६ सय १४ थानले कम हो। सोही क्रम पछ्याउँदै वैशाखको तुलनामा जेठमा पनि मोबाइल आयात थप ओरालो लाग्दै १ लाख ४२ हजार ७ सय ९३ थानमा झरेको छ। रकमका हिसाबले यो वैशाखको भन्दा ८३ करोड ६२ लाख ८२ हजार रुपैयाँले कम हो। 

जेठमा आयात घट्दा मोबाइल आयातबाट सरकारले संकलन गर्ने भन्सार पनि १३ करोड ११ लाख २३ हजार रुपैयाँले घटेको छ। जेठमा सरकारले मोबाइल आयातबाट १७ करोड ७९ लाख रुपैयाँ भन्सार उठाएको देखिन्छ। 

चालु आवको ११ महिनामा ३८ अर्ब रुपैयाँबराबरको ५५ लाख ८६ हजार ५ सय ७८ थान मोबाइल आयात भएको छ। जसबाट सरकारले ११ महिनामा ६ अर्ब रुपैयाँ माथिको भन्सार संकलन गरेको छ।  

'अवैध फोन बजारमा छ्यापछ्याप्ती छ, कसैको स्वार्थमा सरकारले निर्णय गर्‍यो'

व्यवसायीहरुले भने सरकारको नयाँ प्रतिबन्धको प्रावधानको कडा विरोध गरेका छन्। अवैध आयात नियन्त्रणमा सरकारले ध्यान नदिँदा बजारमा भन्सार छलेर ल्याइएका फोनको निर्वाध बिक्री भइरहेको बताएका छन्।  

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले सरकारले ३०० डलरमाथिका स्मार्टफोन प्रतिबन्ध लगाउनु निकै गलत भएको प्रतिक्रिया दिएका छन्। सरकारी निर्णयले व्यवसायीसँगै सरकारमाथि ठूलो असर यसले पार्ने उनले बताए।

एकातर्फ अवैध आयातबाट भित्रिएका फोन बजारमा छ्यापछ्याप्ती पाइरहेको तर, वैध माध्यमबाट सरकारलाई राजस्व बुझाएर व्यापार गरिरहेका व्यवसायीमाथि निर्मम प्रहार गर्नेगरी सरकारले प्रतिबन्ध लादेको आरोप मल्होत्राले लगाए।

‘अवैध आयात नियन्त्रण गर्न हामीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर भन्यौं। अहिलेसम्म काम सकिएको छैन। हामी थाकिसक्यौं। अब एमडीएमएस लागू गर्न पनि भन्दैनौं। खै कसको स्वार्थले यस्तो निर्णय गर्‍यो सरकारले। हामी त साउन १ देखि मोबाइल फोन आयात खुल्छ भन्ने आशामा थियौं। तर, फरक ढंगले निर्णय भएको छ,’ मल्होत्राले भने, ‘नेपालमा बिक्री भइरहेको स्मार्टफोन विलासी होइनन्। धेरैपटक भन्दै आएका छौं। यहाँ बिक्री भइरहेका महँगो फोनमा त्यहीअनुसारको अधिक फिचर हुन्छ। त्यसले अर्थतन्त्रदेखि अनेक क्षेत्रको इफिसियन्सी बढाउँछ।’

साउनदेखि आयात बन्द हुने स्मार्टफोनहरु 
आयात प्रतिबन्धको नयाँ प्रावधानका कारण सामसङको ग्यालेक्सी ए३३, ग्यालेक्सी एम५२ फाइभजी, ग्यालेक्सी ए५२एस फाइभजी, ग्यालेक्सी ए५३ र ग्यालेक्सी ए७३ को आयात पूर्ण रुपमा बन्द भएको छ। यी स्मार्टफोनहरुको मूल्य ४१ हजार ९९९ रुपैयाँदेखि ७५ हजार, ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

यसअघि ६०० डलरमाथिको प्रतिबन्धका कारण सामसङको ग्यालेक्सी जी फोल्ड थ्री फाइभजी, जी फ्लिप थ्री फाइभजी, एस२१ एफइ फाइभजी, एस२२, एस२२ प्लस र एस२२ अल्ट्राको आयात रोकिँदै आएको छ। यी प्रिमियम सेटहरुको मूल्य न्यूनतम ९० हजार रुपैयाँदेखि २ लाख ३० हजार रुपैयाँसम्म पर्ने सामसङले जनाएको छ।

चिनियाँ स्मार्टफोन साओमीको थप दुई सेटमाथि प्रतिबन्ध लागेको छ। साओमीको रेड्मी नोट ११ प्रो फाइभजी र पोको एफ ३ को आयात रोकिएको छ। यी स्मार्टफोनको मूल्य ३८ हजार ४९९ रुपैयाँदेखि ५१ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

यसअघिको प्रतिबन्धका कारण साओमीका तीनवटा प्रिमियम स्मार्टफोन मोडलका चारवटा भेरियन्टको आयात रोकिँदै आएको छ। साओमी १२ प्रो, साओमी १२ र साओमी १२ एक्स कम्पनीका प्रिमियममध्येका फोन हुन्, जसको आयातमा बन्देज लाग्दै आएको छ। यी स्मार्टफोनहरुको मूल्य ७७ हजार रुपैयाँदेखि १ लाख १५ हजार रुपैयाँसम्म पर्ने साओमीले जनाएको छ।

त्यसैगरी, वानप्लसका ६ वटा सेटको आयात रोकिने देखिन्छ। नर्ड एन १० फाइभजी, नर्ड सीइ फाइभजी, नर्ड सीइ २ लाइट फाइभजी, नर्ड सीइ २ फाइभजी, नर्ड २ फाइभजी र नर्ड २ टी फाइभजीको आयात रोकिने भएको छ। यी स्मार्टफोनहरुको मूल्य ३९ हजार ४९९ रुपैयाँदेखि ७४ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

यसअघिको कडाइका कारण वानप्लसका चारवटा स्मार्टफोन मोडलहरुको आयात रोकिँदै आएको छ। वानप्लसको एटटी, नाइन, नाइन प्रो र टेन प्रो ७३ हजार रुपैयाँ माथिका स्मार्टफोनको आयातमाथि प्रतिबन्ध लाग्दै आएको थियो। जसको मूल्य नेपाली बजारमा ७९ हजार रुपैयाँदेखि एक लाख ३५ हजार रुपैयाँसम्म पर्ने वानप्लसले जनाएको छ।

चिनियाँ स्मार्टफोन निर्माता हुवावेका थप चारवटा सेटमाथि प्रतिबन्ध लागेको छ। पी३० लाइट, नोभा ४, नोभा ३ र नोभा ५ टी ३०० डलरभन्दा माथिको फोन भएकाले आयात रोकिएको छ। यी सेटहरुको मूल्य नेपाली बजारमा ३९ हजार ९९९ रुपैयाँदेखि ५३ हजार ९०० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। 

यसअघिको सरकारी प्रतिबन्धको असर चिनियाँ स्मार्टफोन ब्राण्ड हुवावेका फ्लागशीप फोनमा परिरहेको छ। हुवावेका सातवटा मोडलहरु ७३ हजार रुपैयाँ माथिका छन्। जसको आयात यसअघिबाटै बन्द छ। ती सेटहरु हुवावेका पी ३०, पी २० प्रो, पी ३० प्रो, मेट २० प्रो, मेट ३० प्रो, पी ४० प्रो र मेटप्याड प्रो १०.८ (२०२१) हुन्। यी सेटहरुको मूल्य ८५ हजार रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्म पर्ने हुवावेले जनाएको छ।

ओप्पोका तीनवटा स्मार्टफोनको आयात रोकिने भएको छ। ओप्पोको रेनो ३, एफ १७ प्रो र एफ १५ को आयातमाथि प्रतिबन्ध लागेको छ। यी सेटहरुको मूल्य ३९ हजार ९९० रुपैयाँदेखि ४६ हजार ९९० रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ। यसअघिको प्रतिबन्धका कारण ओप्पोका कुनै पनि सेटमा प्रभाव परेको थिएन। 

यस्तै, भिभोका चारवटा सेट अब नेपाली बजार भित्रिनबाट रोकिएको छ। भोभोका भी२१ इ, भी२१, भी२३ इ र भी२३ फाइभजीको आयात रोकिने भएको छ। जसको मूल्य नेपाली बजारमा ३९ हजार ९९९ रुपैयाँदेखि ५५ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ। यसअघिको प्रतिबन्धका कारण भिभोका स्मार्टफोन आयातमा कुनै प्रभाव परेको थिएन। 

 

कम्पनी

मोडल

मूल्य (रुपैयाँमा)

 

 

 

सामसङ

ग्यालेक्सी ए३३

४१,९९९

 

ग्यालेक्सी एम५२ फाइभजी

४२,९९९-४५,९९९

 

ग्यालेक्सी ए५२एस फाइभजी

४९,९९९-५१,९९९

 

ग्यालेक्सी ए५३

५७,४९९

 

ग्यालेक्सी ए७३

७५,९९९

 

 

 

 

 

साओमी

रेड्मी नोट ११ प्रो फाइभजी

३८,४९९-४१,४९९

 

पोको एफ ३

४६,९९९-५१,९९९

 

 

 

 

 

 

 

वानप्लस

नर्ड एन १० फाइभजी

३९,४९९

 

नर्ड सीइ फाइभजी

४४,९९९-५१,४९९

 

नर्ड सीइ २ लाइट फाइभजी

४०,९९९

 

नर्ड सीइ २ फाइभजी

४८,९९९

 

नर्ड २ फाइभजी

५९,९९९-६९,९९९

 

नर्ड २ टी फाइभजी

७४,९९९

 

 

 

 

 

 

हुवावे

पी३० लाइट

३९,९९९

 

नोभा ४

६४,९००

 

नोभा ३

५९,९००

 

नोभा ५ टी

५३,९००

 

 

 

 

 

 

ओप्पो

एफ १५

३९,९९०

 

एफ १७ प्रो

४३,९९०

 

रेनो ३

४६,९९०

 

 

 

 

 

भिभो

भी२१ इ

३९,९९९-४१,९९९

 

भी२१

४९,९९९

 

भी२३ इ

४६,९९९

 

भी२३ फाइभजी

५५,९९९