BIZMANDU
www.bizmandu.com

सुन तोलामा २ सय रुपैयाँ घट्यो, मंगलबार प्रतितोला ९३ हजार ८ सय, चाँदीमा झिनो गिरावट

२०७९ साउन ३

सुन तोलामा २ सय रुपैयाँ घट्यो, मंगलबार प्रतितोला ९३ हजार ८ सय, चाँदीमा झिनो गिरावट
सुन तोलामा २ सय रुपैयाँ घट्यो, मंगलबार प्रतितोला ९३ हजार ८ सय, चाँदीमा झिनो गिरावट


काठमाडौं। सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट छ। सुन अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँ घटेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

साताको पहिलो दिनका तुलनामा ४ सय बढ्दा सोमबार बजार मूल्य प्रतितोला ९४ हजार रुपैयाँ भएको थियो।

चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ११ सय ६५ रहेको चाँदी मंगलबार ११ सय ६० रुपैयाँ भएको छ। साताको पहिलो दिनका तुलनामा सोमबार तोलामा १५ रुपैयाँ बढेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७०७.३७ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.६३ डलर छ। सोमबार सुन १७१५.३३ डलर र चाँदी १८.८६ डलर थियो।