BIZMANDU
www.bizmandu.com

फाइभजी अक्सनमा जानुअघि भारतीय टेलिकम अपरेटरहरुले बुझाए ‘अर्नेस्ट मनि डिपोजिट’, जिओ शीर्षमा

२०७९ साउन ३

फाइभजी अक्सनमा जानुअघि भारतीय टेलिकम अपरेटरहरुले बुझाए ‘अर्नेस्ट मनि डिपोजिट’, जिओ शीर्षमा
फाइभजी अक्सनमा जानुअघि भारतीय टेलिकम अपरेटरहरुले बुझाए ‘अर्नेस्ट मनि डिपोजिट’, जिओ शीर्षमा


काठमाडौं। भारतको सबैभन्दा ठूलो दूरसंचार अपरेटर रिलायन्स जिओले फाइभजी अक्सनमा भाग लिनुअघि १ खर्ब ४० अर्ब भारतीय रुपैयाँ अर्नेस्ट मनि डिपोजिट (इएमडी) बुझाएको छ।

Tata
Global Ime

भारती एयरटेलले ५५ अर्ब र भोडाफोनले २२ अर्ब भारु इएमडी बुझाएका छन्। भारतको दूरसंचार क्षेत्रको नियामक टेलिकम विभागका अनुसार अडानी समूहको अडानी डेटा नेटवर्क्सले एक अर्ब भारु इएमडी बुझाएको छ। 

१ खर्ब ४० अर्ब (१४ हजार करोड) इएमडी बुझाएसँगै फाइभजी अक्सनमा जिओको योग्यता अंक १ लाख ५९ हजार ८३० भएको छ। जुन चारवटा टेलिकम अपरेटरहरुको सूचीमा शीर्ष हो। एयरटेलको योग्यता अंक ६६ हजार ३३० छ भने भोडाफोन आइडियाको २९ हजार ३७० छ।

कम्पनीहरुले बुझाउने इएमडी मूल्यले अक्सनमा उनीहरुले उठाउने स्पेक्ट्रमका लागि टेलिकम अपरेटरहरुले तय गर्ने रणनीति र योजनाको विषयमा स्पष्ट एवम् फराकिलो संकेत दिने बताइएको छ। यसले योग्यता अंक पनि निर्धारण गर्छ। 

४.३ लाख करोड भारु मूल्यबराबरको ७२ गिगाहर्जको स्पेक्ट्रम अक्सनमा राखिन लागिएको छ। लो फ्रिक्वेन्सी ब्यान्ड्ससहितका रेडियो वेभ्सहरुका लागि अक्सन हुँदैछ। ५००, ७००, ८००, ९००, १८००, २१०० र २३०० मेगाहर्ज लो ब्यान्ड फ्रिक्वेन्सी हुन् भने मिड फ्रिक्वेन्सी ३३०० मेगाहर्ज र हाइ फ्रिक्वेन्सी ब्यान्ड २६ गिगाहर्ज हो।