BIZMANDU
www.bizmandu.com

हेरल्ड कलेजको काठमाडौंमा दोस्रो दीक्षान्त समारोह, ४८१ विद्यार्थी भए दीक्षित

२०७९ साउन ५

हेरल्ड कलेजको काठमाडौंमा दोस्रो दीक्षान्त समारोह, ४८१ विद्यार्थी भए दीक्षित
हेरल्ड कलेजको काठमाडौंमा दोस्रो दीक्षान्त समारोह, ४८१ विद्यार्थी भए दीक्षित


काठमाडौं। हेरल्ड कलेजले काठमाडौंमा दोस्रो दीक्षान्त समारोह गरेको छ। सन् २०१९/२०मा स्नातक तह उत्तीर्ण  बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स  इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६  दीक्षित भएका छन्।

Tata
Global Ime

समारोहमा सन्  २०२०/२१  मा  स्नातक तह उत्तीर्ण  बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र  बिएस्सी हन्स  इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६  गरी कुल ४८१ जना विद्यार्थीहरू दीक्षित भएका छन्।

कोभिडका कारण दुई वर्षपछि हेरल्डले यो कार्यक्रम गरेको हो। आइएनजी ग्रुप अन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको प्रतिष्ठित विश्वविद्यालय युनिभर्सिटी अफवुल्भर ह्याम्पटन बेलायतबाट सम्बन्धन प्राप्त कलेज हो। दीक्षान्त समारोहमा युनिभर्सिटी अफवुल्भर ह्याम्पटन विश्वविद्यालयका प्रोफेसर भाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरे।

आइएनजी ग्रुपका संस्थापक अध्ययक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीहरूलाई  नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिएको बताए।  'नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरी हेरल्ड कलेजले एउटा  बेन्चमार्क बनाएको छ,' अध्यक्ष बुढाथोकीले भने, 'हेरल्ड कलेजबाट दिक्षित विद्यार्थीले नेपालमा मात्रै नभई  विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम छन्।'

नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इनइन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफबिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको  छ। कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ट्रिपल ए का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको  छ। 

आइएनजी ग्रुप अन्तर्गत काठमाडौँमा इस्लिङ्टन कलेज, हेरल्ड कलेज काठमाडौँ, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा  इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन्।