काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन तोलामा १ हजार र चाँदी १० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार कायम मूल्यमा सुनको कारोबार निर्धारण भएको यो साता तेस्रोपटक हो। यसअघि सोमबार र बुधबार पनि सुन तोलाको ९४ हजार थियो।
बिहीबार तोलाको ९३ हजार र साताको पहिलो दिन ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँ भएको छ । बिहीबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १७१४.१५ डलर र चाँदी १८.७५ डलरमा कारोबार भइरहेको छ।