BIZMANDU
www.bizmandu.com

५ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ५ सय पुग्यो सुन, चाँदीमा १० रुपैयाँको गिरावट

२०७९ साउन ८

५ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ५ सय पुग्यो सुन, चाँदीमा १० रुपैयाँको गिरावट
५ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ५ सय पुग्यो सुन, चाँदीमा १० रुपैयाँको गिरावट


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

गत शुक्रबार एक हजार रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। साउन लागेयता सुन प्रतितोला ९४ हजार रुपैयाँबाट महँगिएको थिएन। न्यूनतम ९३ हजारसम्म भएको थियो।

आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबारका तुलनामा १० रुपैयाँ घट्दै प्रतितोला ११सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा गत शुक्रबार ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७२४.४४ डलर छ भने चाँदी १८.६१ डलर छ।