BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ९४ हजार ४ सय, चाँदीको मूल्य स्थिर

२०७९ साउन ९

सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ९४ हजार ४ सय, चाँदीको मूल्य स्थिर
सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ९४ हजार ४ सय, चाँदीको मूल्य स्थिर


काठमाडौं। सुनको मूल्यमा सोमबार सामान्य गिरावट छ। अघिल्लो दिनको भन्दा तोलामा १०० रुपैयाँले घटेको हो। सोमबारको लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

साताको पहिलो दिन ५ सय रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य सोमबार स्थिर छ। गत साताको अन्तिम दिनका तुलनामा १० रुपैयाँ घटेर आइतबार प्रतितोला ११ सय ५५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७२४.४६ डलर छ भने चाँदी प्रतिऔंस १८.५६ डलर छ। आइतबार सुन प्रतिऔंस १७२४.४४ डलर र  चाँदी १८.६१ डलर थियो।