BIZMANDU
www.bizmandu.com

जुन महिनामा खस्कियो नेपालको मोबाइल इन्टरनेट गुणस्तर, ब्रोडब्यान्ड इन्टरनेटको भने स्थिर

२०७९ साउन ९

जुन महिनामा खस्कियो नेपालको मोबाइल इन्टरनेट गुणस्तर, ब्रोडब्यान्ड इन्टरनेटको भने स्थिर
जुन महिनामा खस्कियो नेपालको मोबाइल इन्टरनेट गुणस्तर, ब्रोडब्यान्ड इन्टरनेटको भने स्थिर



काठमाडौं। सन् २०२२ को जुन महिनामा नेपालको मोबाइल इन्टरनेट गुणस्तर खस्किएको छ। स्पिड टेस्ट ग्लोबल इन्डेक्सले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको मोबाइल इन्टरनेट गुणस्तर सात स्थानले खस्किँदै ११३औं स्थानमा झरेको छ। 

Tata
Global Ime

जुनमा नेपालको मोबाइल इन्टरनेटको औषत अपलोड स्पिड १५.०३ एमबीपीएस र अपलोड स्पिड ८.८४ एमबीपीएस छ। ल्याटेन्सी भने २४ एमएस (मिलिसेकेन्ड्स) छ। 

यस्तै, नेपालको फिक्स्ड ब्रोडब्यान्डको गुणस्तर भने स्थिर रहेको स्पिड टेस्ट ग्लोबल इन्डेक्सले जनाएको छ।

नेपालको फिक्स्ड ब्रोडब्यान्डको गुणस्तर ८१औं स्थानमा कायम छ। फिक्स्ड ब्रोडब्यान्डको औषत अपलोड स्पिड ४४.६२ एमबीपीएस र अपलोड स्पिड ४२.१३ एमबीपीएस छ। ल्याटेन्सी भने ५ एमएस (मिलिसेकेन्ड्स) छ। 

स्पिड टेस्ट ग्लोबल इन्डेक्सले विश्वका १३९ देशहरुको मोबाइल इन्टरनेट गुणस्तर र १८२ देशहरुको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट गुणस्तर सूचीकृत गरेको छ।