BIZMANDU
www.bizmandu.com

दुई दशकपछि थप २१ लाख जनशक्ति आवश्यक हुने बोइङको प्रक्षेपण, कहाँ कति चाहिन्छ ?

२०७९ साउन १०

दुई दशकपछि थप २१ लाख जनशक्ति आवश्यक हुने बोइङको प्रक्षेपण, कहाँ कति चाहिन्छ ?
दुई दशकपछि थप २१ लाख जनशक्ति आवश्यक हुने बोइङको प्रक्षेपण, कहाँ कति चाहिन्छ ?


काठमाडौं। अमेरिकी हवाइजहाज निर्माता कम्पनी बोइङले आगामी दुई दशकमा उड्डउयन क्षेत्रका लागि २१ लाख जनशक्तिको खाँचो हुने प्रक्षेपण गरेको छ।

Tata
Global Ime

कम्पनीले आफ्नो प्रमुख बजार मान्दै आएको चीन, युरोप, उत्तर अमेरिका, अफ्रिका, दक्षिण पुर्व, दक्षिण एसिया लगायतका क्षेत्रमा हवाई यातायात र जहाजको माग वृद्धि हुने अध्ययनका आधारमा यो प्रक्षेपण गरेको हो।

कम्पनीले आगामी २० वर्षमा विश्वभर छ लाख पाइलट, छ लाख प्राविधिक, करिब नौ लाख चालक दल आवश्यक रहने जनाएको छ। सन् २०४१ मा विश्वभर हालको जहाज संख्या दोब्बर हुने जनाएको छ।

'कोभड संक्रमण नियन्त्रणमा आएसँगै यतिखेर विश्व उड्डयन क्षेत्र दिगो विस्तार तर्फ लम्किसकेको छ। अब यात्रुको माग वृद्धिलाई मध्यनजर गर्दै जनशक्ति उत्पादन मुख्य विकल्प हो,' कम्पनीका कमर्सियल ट्रेनिङ सोलुसन भाइस प्रेसिडेन्ट क्रिस ब्रुमले भनेका छन्।

उत्तर अमेरिकामा मात्र यतिखेर एक लाख २८ हजार पाइलट, एक लाख ३४ हजार प्राविधिक, एक लाख ७३ हजार नयाँ चालकदल आवश्यक रहेको जनाइएको छ। यसैगरी युरोप तर्फ भने एक लाख २२ हजार पाइलट र एक लाख २० हजार प्राविधिक आवश्यक रहेको जनाइएको छ।

कम्पनीले तयार पारेको विवरण अनुसार दक्षिण एसियामा भने ५० हजार पाइलट, ५८ हजार प्राविधिक र ८५ हजार चालक दल आवश्यक देखिएको छ।